कुपोषित बालबालिकाको उपचारका लागि ओटिसी सेन्टर


प्रकाशित मिति :2018-01-02 16:32:05

-महिला खबर-
झापा । झापामा कुपोषित बालबालिकाको पहिचान गरी उपचारका लागि ओटिसी सेन्टर स्थापना गरिएको छ । जिल्लाको १५ वटै स्थानीय तहमा सेन्टर स्थापना गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले स्थानीय तहमा रहेका व्यक्तिहरुको घरदैलोमै पुगेर पाँच वर्षमुनिका कुपोषणबाट शिकार भएका बालबालिका पहिचानका साथै उपचार गरिने बताए ।
कोइरालाले भने, ‘१५ वटै स्थानीय तहमा कुपोषणको शिकार भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरेर उपचार गर्छौ ।’
१५ दिन एक महिना वा अवस्थाअनुसार सोभन्दा बढी पनि हुन सक्ने उनको भनाइ छ ।
यस्तै कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना (आरयुटिएफ) खुवाइने छ । शरीरलाई आवश्यक सबै पोषक तत्व मिसिएको तयारी खाना बालबालिकालाई दिइने प्रमुख कोइरालाले बताए । एउटा बच्चालाई दिनमा दुई प्याकेट पोषिलो खाना दिइनेछ ।

झापाका बाढी प्रभावित क्षेत्रका बालबालिकालाई प्राथमिकतामा राखिएको छ । बाढी प्रभावित कचनकवल गाउँपालिकाको बनियानी क्षेत्रमा ३० कुपोषित बालबालिकाको पहिचान गरिसकिएको प्रमुख कोइरालाको भनाइ छ ।
सेन्टरमा तीन सय ५० बालबालिकाको उपचार गर्ने लक्ष्य भए पनि आवश्यकताअनुसार थपघट हुनसक्ने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: