बालिकाको उद्धार


प्रकाशित मिति :2018-01-03 11:30:50

–महिला खबर–

बैतडी । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट एक बालिकाको उद्धार गरिएको छ । प्रहरीले मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरेको हो ।

खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले बालिकाको कपडा च्यातिएको अवस्थामा भेटिएको बताए । बालिकाले नाम ठेगानासमेत एकिन बताएकी छैनन् । खोचलेक बजार नजिकै भेट्टिएकी बालिकाको मानसिक सन्तुलन ठीक नभएको प्रहरी सहायक निरीक्षक महराले बताए ।

उद्धार गरिएकी बालिकालाई महिला तथा बालबालिका कार्यालय बैतडीको सेफ हाउसमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक कमल विष्टले बेवारिसे भेट्टिएकी बालिकाको सुरक्षाका लागि सेफ हाउसमा राखेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: