सुत्केरी हुन नसक्दा सुर्खेत रिफर


प्रकाशित मिति :2018-01-03 12:32:49

–महिला खबर–

कालिकोट । खत्याड गाउँपालिका–१० ह्यांलु गाउँकी १८ वर्षीया होइजाली चदारालाई प्राथमिक स्वास्थ्य केन्द्र रातापानी मुगुुमा उपचार नभएपछि हेलिकोप्टरमार्फत सुर्खेत रिफर गरिएको छ । तिन दिनदेखि सुत्केरी ब्यथा लागेकी चदरालाई बाजुराको कोल्टी विमानस्थलबाट हेलिकोप्टरमार्फत उद्दार गरि क्षेत्रीय अस्पताल सुर्खेत रिफर गरिएको हो ।

जटिल गर्भावस्थाका कारण तीन दिनदेखि व्यथा लागे पनि शिशु जन्माउन नसकेपछि चदारालाई शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लगिएको थियो । अत्यधिक रक्तस्राव भई उपचारमै समस्या भएपछि केन्द्रका स्वास्थ्यकर्मीले उनलाई सुविधा सम्पन्न अस्पताल लैजान भनेका थिए । त्यसलगत्तै चदाराका आफन्तले मंगलबार राति बाजुराको कोल्टी विमानस्थल पु‍¥याएका थिए ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयले उनको अवस्थाबारे जानकारी पाएपछि एयर लिफ्टिङ गरि चदारालाई सुर्खेत पु‍¥याएको हो । जिल्ला स्वास्थ्य कार्यालय मुगु र जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको सहयोगमा बिरामीलाई क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत रिफर गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका सूचना अधिकारी बलिबहादुर बुढाले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: