नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु


प्रकाशित मिति :2018-01-03 15:16:28

पोखरा । पोखरामा आजदेखि नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत नेपाल ह्याण्डबल संघको सहयोग, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङ्कङ ब्यूटी इन्स्टिच्यूटको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुषका गरी सात सात समूहको सहभागिता रहेको छ ।

पोखरा रंगशालामा भएको प्रतियोगिताको नारा ‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद, महिला सशक्तीकरणका लागि ह्याण्डबल’ भन्ने रहेको छ । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औँ साग खेलका लागि प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: