रुघा खोकीले दुई महिला सहित ६ को मृत्यु


प्रकाशित मिति :2018-01-03 15:15:14

-महिला खबर-

हुम्ला । हुम्लामा फैलिएको रुघा खोकीले दुई महिला सहित ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको ताजाकोट गाउँपालिकामा दुई र सर्केगाढ गाउँपालिकामा चारजना गरी पछिल्लो एक हप्तामा ६ जनाको मृत्यु भएको हो ।

चिसो र धुँवाधुलोले रुघा खोकी लागेर महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

रुघा खोकी लाग्ने, ज्वरो आउने, हात खुट्टा लगातका शरीरिरका अंग दुख्ने लक्षण देखिने बिरामी गाउँमा बढेको स्थानीयको भनाइ छ । मृत्यु हुनेमा ताजाकोट गाउँपालिका–५ की ८० वर्षिया नन्दकली नेपाली र २५ वर्षकी रन्देवी नेपाली रहेका छन् । सर्केगाढ गाउँपालिका–७ रोडीकोटगाउँमा चारजनाको मृत्यु भएको छ ।

९१ वर्षका भ्याले कार्की, ९२ वर्षका खैरे शाही, ८८ वर्षका गोरे जैशी र शंकर रोकायाको ज्यान गएको स्थानीय बासिन्दा राजबहादुर बुढाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: