छात्राहरूले पैसा उठाएरै विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरे


प्रकाशित मिति :2018-01-03 15:21:34

-धनु राई-

ओखलढुंगा । विद्यालयका छात्राहरूद्वारा संकलित रकमबाट विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । ओखलढुृंगा सिद्धिचरण नगरपालिका ११ गैरिगाउँस्थित श्री जाल्पा गैरि गाउँ माध्यामिक विद्यालका छात्राहरूले रकम संकलन गरि सेनेटरी प्याडको व्यवस्था गर्ने गरेको विद्यालयले बताएको छ ।

कक्षा सन्चालन भइरहेका बेला महिनावारी भएको खण्डमा कक्षा छोडेर घर जानुपर्ने बाध्यता हुने भएपछि कक्षा छुट्ने समस्या हुन थालेपछि छात्राहरूले आफै सेनेटरी प्याडको व्यवस्था गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक रत्न बहादुर केसीले विद्यार्थीहरूद्वारा प्रतिव्यतिm ५ देखि २० रुपैया संकलन गरि सेनेटरी प्याडको व्यवस्था गरिएकोबताए । विद्यालयमा प्याडको व्यवस्था गरेदेखि छात्राहरूको पढाई छुट्ने समस्या हटेको पनि प्रधानाध्यापक केसीले जानकारी दिए ।

आफूले अध्ययन गर्ने विद्यालयमा सेनेटरी प्याड, सौचालय, साथै पिउँने पानीको समेत राम्रो व्यवस्था गरिएको हुँदा आफूहरूलाई महिनावारी हुँदा कक्षा छुट्ने समस्या भोग्न नपरेको त्यहाँका छात्राहरूले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: