कैदी शारदाले छोरी जन्माईन्


प्रकाशित मिति :2018-01-03 17:06:30

–महिला खबर–

काठमाडौं । तुलसीपुर कारागारमा कैदी जीवन विताईरहेकी दाङ घोराही—८ की शारदा खौसिया थारुले छोरी जन्माएकी छन् ।

गत जेठ महिनामा ठगी मुद्धामा बन्दी जीवन बिताइरहेकी शारदाले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा छोरी जन्माएकी हुन् ।

कारागारका जेलर देबेन्द्र श्रेष्ठले सुत्केरी शारादालाई कारागारभित्र बस्ने व्यवस्था मिलाइएको बताए । ‘शारादको मुद्धा चलिरहको छ । फैसला नहुँदासम्म कारागारमै बस्नुपर्छ’ जेलर श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार शारादाले सुत्केरीले पाउने सेवा सुविधा र स्याहार सबै पाउनेछिन् ।

कैदी बन्दीसँग काम गरिरहेका समाजसेवी टोपबहादुर महतराले शारादाको सम्पूर्ण सुत्केरी खर्च आफूले व्यहोर्ने बताएका छन् ।

‘सुत्केरी खर्च व्यक्तिगत तर्फबाट सहयोग गर्ने योजना बनाएको छु । बन्दी जीवन बिताइरहेका महिला सुत्केरी हुँदा थेरै कठिनाई हुने भएकाले यो निर्णय गरेको हुँ’ महतराले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: