सुत्केरी महिलालाई फलफूल वितरण


प्रकाशित मिति :2018-01-04 12:49:19

–महिला खबर–

नेपालगन्ज । १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा महिला स्वास्थ्य स्वयंसेवीकाहरुले भेरी अञ्चल अस्पतालमा रहेका सुत्केरी महिलालाई फलफूल वितरण गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेवीकाले अस्पतालको प्रसूती गृहमा रहेका सुत्केरी महिलालाई बुधबार दिउसो फलफूल वितरण गरेका हुन् ।

नेपालगन्ज उप–महानगरको सहयोगमा नेपाल महिला स्वास्थ्य स्वयंसेवीका संघ नेपालगन्जको अगुवाईमा फलफूल वितरण गरिएको हो ।

सुत्केरीको बेडमै पुगेर अनार, स्याउ, अण्डासहितको पोषण खानेकुरा ५५ सुत्केरीलाई प्रदान गरिएको थियो ।

संघकी अध्यक्ष मनकुमारी सिलवाल, सचिव राधिका सिंह, महिला स्वास्थ्य स्वयंसेवीका अक्षयकोष संयोजक नारायाणी रुपाखेती, स्वयंसेवीका ज्योती श्रेष्ठ, शान्ति राणा लगायत वरिष्ठ नर्सहरुले फलफूल वितरण गरेका थिए ।

स्वाथ्य चेतनासँगै स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यसहित फलफूल वितरण कार्यक्रम गरिएको संघकी अध्यक्ष सिलवालले जानकारी दिईन् । दिवस मंसीर १९ गते भए पनि प्रतिनीधी तथा प्रदेससभाको निर्वाचनका कारण कार्यक्रम ढिलाई भएको उनीहरुले जनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: