सरोगेसी सेवालाई अनुमति नदिने सर्वोच्चको फैसला


प्रकाशित मिति :2018-01-06 16:56:43

-महिला खबर-

काठमाडौं । सर्वोच्च अदालतले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिइने फैसला सुनाएको छ ।

शुक्रबार यस्तो फैसला सुनाउँदै अस्पताल, नर्सिङ होम वा स्वास्थ्य सेवा प्रदान गर्ने निकायलाई कुनै तरिकाले प्रत्यक्ष वा परोक्ष रुपमा सरोगेसीका लागि अनुमति नदिनू र नदिलाउनू भन्ने आदेश जारी गरेको हो ।

न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको शुक्रबारको पूर्ण इजलासले सरोगेसी सेवा सञ्चालन गर्न पाउनुपर्ने मागको पुनरवलोकन निवेदनमा अनुमति नपाइने फैसला सुनाएको हो । अदालतको आदेशसँगै नेपालमा भाडामा कोख लिएर बच्चा जन्माउन प्रतिबन्ध लाग्नेछ ।

नेपालमा सरोगेसी सेवासम्बन्धी कानूनविना नै स्वास्थ्य सेवा वा पर्यटनका नाममा उक्त व्यवसाय चलिरहेको थियो । ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिले स्वास्थ्य मन्त्रालयको अनुमतिविना नै सो सेवा सञ्चालन गरेको थियो ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सरोगेसी सेवा नगर्न\नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: