-महिला खबर-
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ सूर्य चोकमा कोठा भाडा गरी बस्ने ४५ वर्षीय रामबहादुर लामाले आफ्नी श्रीमती ३५ वर्षीया मिना लामाकाे काठको चिर्पटले हानेर हत्या गरेका छन् ।
घरायसी विवादको कारण काठको चिर्पटले हान्दा मिनाको शनिबार मृत्यु भएको हो । घटनापछि भागी फरार रहेका रामबहादुरको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Comment Here!