बोक्सी आरोपमा कुटपिट गर्ने आमाछोरी प्रहरी नियन्त्रणमा


प्रकाशित मिति :2018-01-07 11:43:05

–यमुना खनाल–

सिराहा । बोक्सीको आरोपमा कुटपिट गर्ने आमा छोरीलाई ईलाका प्रहरी कार्यालय लाहानले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लाहान २१ खोरिया टोल बेतहा बस्ने बर्ष ३५ की ईनरदेवी दास र सोही ठाउँ बस्ने बर्ष १८ की निलम दास रहेका छन् । उनीहरूले आफ्नै छिमेकी ३८ वर्षीया रितादेवी दासलाई बोक्सी आरोप लगाएर मरणासन्न हुनेगरि कुटपिट गरेका थिए ।

पुस १५ गते लाहान बजारबाट घर फर्किरहेका बेला ईनरदेवी र निलमले बेलुकी ७ बजेतीर रितालाई गाली गलौज गर्दै ‘मलाई बोक्सी लाउने तिमी नै हो । तिम्रो श्रीमानलाई पनि बोक्सी लाएर रोगी बनाउने तिमी नै हो’ भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

निलमले कपाल समातेर पछारेको र ईनरदेवीले बाँसको लठ्ठीले कुटपिट गरि रक्ताम्य पारेको जाहेरीमा उल्लेख छ ।

बोक्सी भन्दै रितालाई निलम र ईनरदेवीले भूईमा पर्छार्दै घिर्सादै बाँसको लठ्ठीले कुटपिट गरि नांगै बनाइ यातना दिएको पनि जाहेरीमा उल्लेख छ ।

रितालाई तीन पटक बोक्सीको आरोपमा कुटपिट भएको र कुटपिटको घटना गाउँमै छलफलबाट मिलाइदै आएको रिताले बताइन् ।

आफू निर्दोष भएपनि पटक–पटक कुटाई खानुपर्ने बाध्यता भएपछि कानुनी उपचारको लागि रिताले ईलाका प्रहरी कार्यालय लाहानमा उजुरी दिएको बताएकी छन् ।

उजुरीका आधारमा कुटपिट गर्ने पक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोक्सी आरोपमा भएको कुटपिटबाट घाईते रिता दासको उपचार लाहान अस्पतालमा भएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: