चिसोले जनजिवन प्रभावितः महिला, बालबालिका र वृद्धवृद्धा बढी पीडित


काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियस

प्रकाशित मिति :2018-01-07 14:49:30

–महिला खबर–

काठमाडौं । चिसोका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएका छ । न्यूनतम तापक्रम घटेका कारण चिसो बढ्दै गएको मौसमविद्हरु बताउँछन् । चिसोले तराईका जिल्लाहरुमा लगातार बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ ।

आइतबार बिहान काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पुर्वअनुमान महाशाखाले जनाएको छ । केही दिनदेखि बढेको चिसो आइबार झन् बढेको हो । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको महाशाखाका मौसमविद बरुण पौडेलले बताए । आइतबारको तापक्रम डेढ दशकको सबैभन्दा कम भएको पौडेलको भनाइ छ ।

मौसमविद्हरु अझै केही दिन चिसो बढ्दै जाने बताउँछन् । हुम्लाको तापक्रम शुन्य भन्दा तल झरेको पौडेलले बताए । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको मौसमविद् पौडेल बताउँछन् ।

मौसमविद् राजु प्रधानाङ्गले मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेको बताए । उनी भन्छन् ‘अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ ।’

यसैबीच चिसोकै कारण महिला, बालबालिका एवम् वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकको मृत्यु भएको छ । शनिबार राति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साहको मृत्यु भएको हो ।

जाडोले बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीयले बताएका छन् । अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अत्यावश्यक कामबाहेक नागरिक घर बाहिर निस्कन सकिरहेको छैनन् भने अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी बढेका छन् । यस्तै चिसोकै कारण सप्तरीमा एक महिलासहित सातजनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्षीया कैलीदेबी खंगको मृत्यु भएको हो । यस्तै मोरङको कटहरी गाउँपालिका–५ बस्ने ४० बर्षीया आशा सरदारको जाडोले कठ्याङग्रीएर मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१२ बस्ने सत्यनारायण सरदारको घरमा पाहुना आएकी उनको कठ्याङग्रीएर मृत्यु भएको हो ।
चिसो मौसमका कारण हुने रोगले महिला, बालबालिका एवम् वृद्धवृद्धाको जनजीवन प्रभावित भएको छ । महिला, बालबालिका र वृद्धवृद्धा जाडो मौसमले बढी प्रभावित हुने भएकाले सजग हुन चिकित्सकहरुले सुझाव दिएका छन् ।

चिसोबाट कसरी जोगिने ?

अन्य समयभन्दा पुस, माघमा बढी जाडो हुने, शितलहर हुने भएका कारण यस समयमा बढी सजग हुनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । जाडोयाममा न्यानो लुगा, टोपी, मास्क लगाएर हिँड्दा उपयुक्त हुन्छ । बन्द कोठाभित्र बसेर भुस, कोइला, हिटरको आगो ताप्नु हुँदैन् । बन्द बाथरुममा नुहाउँनु हुँदैन् । हावा छिर्ने ठाउँमा नुहाउँ र नुहाएरपछि शरिरमा तोरीको तेल घस्ने र घाममा बस्दा फाइदा पुग्छ ।

झोलिला पदार्थ, पोषिलो खानेकुरा, फलफुल, तातो पानी, मांसहारी भए माछा मासु आवश्यकता अनुसार खानु पर्दछ । संक्रमित व्यक्तिबाट टाढै रहने, भिडभाडमा नजाने । जाडोमा हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने भएकाहरूले सकभर शरिर छोप्ने गरी कपडा लगाउँने गर्नुपर्दछ । अन्त्यमा सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै समस्या देखिएमा सम्बन्धित विशेषज्ञसँग परामर्श लिएर उपचार गरिहाल्नुपर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: