‘महिला हिंसा अन्त्य गर्न खेलकुदको भूमिका महत्वपूर्ण हुने’


प्रकाशित मिति :2018-01-07 15:57:36

–महिला खबर–

सुनसरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले महिला हिंसा अन्त्य गर्न खेलकुदको भूमिका महत्वपूर्ण हुने बताएका छन् । क्षेत्रीय रंगशाला इटहरीमा राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप ४२ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव विष्टले त्यसो भनेका हुन् ।

उनले ठूलठूला तारे होटलमा गोष्ठि र सेमिनार गरेर महिला हिंसा अन्त्य हुने नभई खेलकुदमा महिला सहभागिता बढ्दै जाँदा महिला हिंसा कम हुँदै जाने बताए । सदस्य सचिव विष्टले भने ‘मार्शल आर्टका महिला खेलाडीमाथि त हिंसा हुने सम्भावना नै हुँदैन । हुन लागे प्रतिकार गर्न सक्ने क्षमता उनीहरूसँग हुन्छ ।’

सदस्य सचिव विष्टले ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम संकल्प’ भन्ने नाराका साथ महिला हिंसा विरुद्ध राष्ट्रिय खेलकुद परिषदले विशेष अभियान संञ्चालन गर्न लागेको जानकारी दिए । माघ १२ गते सो कार्यक्रम घोषणा गरि देशव्यापी बनाउने उनको भनाइ छ । विद्यालय तहमा अध्यनरत देशैभरका किशोरीहरूलाई आत्मरक्षा तालिम दिएर खेलकुद क्षेत्र तर्फ आकर्षण पैदा गराउँने उनले बताए ।

नेपालको खेलकुद क्षेत्रमा बढिमात्रामा महिलाले प्रगति गरेकोमा सदस्य सचिव विष्टले खुसी व्यक्त गरे । यहि क्षेत्रमा आत्मनिर्भर मात्र होइन, व्यवसायिक बनाउँदै खेलाडीलाई धनाढ्य बनाउँने गरि राष्ट्रिय खेलकुद परिषदले योजना बनाइरहेको पनि उनले बताए ।

नेपालका पाँच विकास क्षेत्र एवम् तीन विभागीय टिम नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी धावकहरूसहित १ सय ८७ जना एथलेटिक्स खेलाडीको प्रतियोगितामा सहभागिता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: