–महिला खबर–
सुनसरी । इटहरीमा जारी ४२ औं राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप एथ्लेटिक्स राष्ट्रिय प्रतियोगिता अन्र्तगत १० हजार मिटर दौडमा महिला तर्फ नेपाल आर्मीकी विश्वरुपा बुढा च्याम्पियन बनेकी छन् ।
प्रतियोगितामा आर्मीकै रेसु बस्नेतले रजत र शसस्त्र प्रहरीकी विन्द्रा श्रेष्ठले कास्य पदक प्राप्त प्राप्त गरिन् । हिजो भएको महिला तर्फको ८ सय मिटर दौडमा आर्मी ओलम्पियन सरस्वती भट्टराईले स्वर्ण, आर्मीकै सानुमाया कार्कीले रजत र सशस्त्रकी जानुका थापाले कास्य पदक जितिन् ।
त्यस्तै एक सय मिटर महिला दौडमा सशस्त्रकी सरस्वती चौधरीले स्वर्ण आर्मीकी कृष्ण चौधरीले रजत तथा मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले कास्य पदक प्राप्त गरिन् । प्रतियोगिता भोली मंगलबारसम्म चल्ने छ ।
Comment Here!