–महिला खबर–
चितवन । चितवनको रत्ननगर नगरपालिकाको वडा नं ९ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन ९५ जना महिलाको पाठेघर परीक्षण गरिएको छ । वडा नं ९ को वडा कार्यालयको सहयोग र स्थानीय उपभोक्ता समितिको आयोजना दुईदिने निःशुल्क शिविर आयोजना गरिएको हो ।
शिविरको पहिलो दिन आइतबार नगरपालिकाको साविक वडा नं ७ मा ४३ जना र साविक वडा नं ६ मा ५२ जना महिलाको पाठेघर जाँच गरिएको वडा सदस्य सरस्वती लामाले जानकारी दिइन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी डा. मञ्जु शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका छन् । वडा नं ९ का वडा अध्यक्ष रोशन आचार्यले घरायसी कारणले अस्पताल पुग्न नसकेका महिलालाई स्वास्थ्य शिविरले सहज भएको बताए । शिविर आज पनि जारी छ ।
Comment Here!