–महिला खबर–
काठमाडौँ । नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा महिलालाई नियुक्ति गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार बारको महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा गएको समूहले न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्था अनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग राख्दै प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा पुस २० गते बसेको न्याय परिषद्को बैठकले गरेको उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्तिमा चार जना पुरुषको नाम सिफारिश गर्दा एक जना पनि महिला परेका थिएनन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश पराजुलीले आगामी दिनमा सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा आफूले यस कुरालाई गम्भीरतापूर्वक लिएर महिला कानून व्यवसायीलाई नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Comment Here!