–महिला खबर–
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा न २२ पुरैनीमा जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । एक हप्तादेखि अत्याधिक चिसो बढेपछि वृद्धवृद्धाहरूलाई चिसोबाट जोगाउन यूनीसेफ र नेपालगञ्ज उपमहानगरपालिकाले संयुक्त रुपमा कम्वल वितरण गरेका हुन् ।
लोपोन्मुख समुदायका किंगरियनहरूलाई लक्षित गरेर वडा न २२ मा एक सय २३ जना जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको हो ।
पुरैनीको कार्यालयमै पुगेर उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, उपप्रमुख उमा थापामगरले जेष्ठ नागरिकलाई कम्बल प्रदान गरे । वडा न २२ को समन्वयमा जाडोमा वृद्धवृद्धालाई न्यानो गराउन कम्बल बितरण गरिएको वडा अध्यक्ष विद्याराम बर्माले जानकारी दिए ।
उपमहानगरपालिकाका प्रमुख डा. राणाले चिसोमा कम्बल वितरण गरेर जेष्ठ नागरिकलाई राहतसँगै सम्मान पनि गरिएको बताए ।
प्रमुख राणाले नगरका सवै जेष्ठ नागरिकलाई कम्बल वितरण गर्न नसकिएको स्वीकार्दै पहल भने जारी रहने बताए ।
Comment Here!