नमस्ते नेपाल ब्युटिसियनमा सिता कँडेल


प्रकाशित मिति :2018-01-09 11:38:27

–महिला खबर–

चितवन । नमस्ते नेपाल ब्युटिसियन सङ्घको तेस्रो जिल्ला अधिबेशनले सिता कँडेलको अध्यक्षतामा सात सदस्यिय जिल्ला कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष्यमा निशा परियार, सचिवमा माया श्रेस्ठ, कोषाध्यक्षमा सीता चापागाई र सदस्यमा निशा थापा,बिमला कँडेल सुवेदी, मिनाक्षि थापालाई चयन भएका छन् ।

सो अवसरमा चितवनमा सौन्दर्य व्यवसायलाई संस्थागत गर्ने प्रथम महिला हजुरी रायमाझीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल ब्युटिसियन संघकी केन्द्रिय अध्यक्ष भगवती थापाले जबसम्म महिला स्वयम् आर्थिक रुपमा निर्भर हुदैनन् तबसम्म उनीहरु आफ्नो अधिकार प्राप्त गर्न असफल हुने बताइन् ।

जिल्लाकी पहिलो सौन्दर्य व्यवसायी हजुरी रायमाझीले सौन्दर्य पेसा अपनाउँदा सुरुवातमा आफूले भोग्नुपरेको सामाजिक पीडा र दुख सुनाइन् । कार्यक्रम संस्थाका जिल्ला अध्यक्ष बबिता मिश्रको अध्यक्षतामा भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: