जाडो छल्न दाउरा र भुस बालेर सुत्दा दुई बालिकाको गुम्सेर मृत्यु


प्रकाशित मिति :2018-01-09 13:35:43

–महिला खबर–

सुनसरी । अत्याधिक जाडो बढेकोले जाडो छल्न भन्दै कोठामा दाउरा र धानको भुसको आगो बाली सुत्दा दुई बालिकाको मुत्यु भएको छ ।

ईटहरी उपमहानगरपालिका–६ नेपा भबनमा डेरा गरी बस्ने आलम मियाका २ छोरीहरूको गुम्सेर मृत्यु भएको प्रहरीले बताएको छ । मुत्यु हुनेमा सात वर्षकी आलिया सातुन र दुई वर्षकी आयत खातुन रहेका छन् ।

आलम मिया तथा उनको श्रीमती र दुईजना छोरी सोमबार राती जाडो बढेको भन्दै कोठामा दाउरा र धानको भुसको आगो बाली सुतेको बताइएको छ ।

गुम्सेर बिरामी भएका चारै जनालाई उपचारको लागि बिराट शिक्षण अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा दुई छोरीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । आलमकी श्रीमतीको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले बताएको छ ।

कोठाका सबै झ्याल ढोका बन्द गरि सुतेकाले अक्सिजनको मात्रा कम भई उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: