हराएका बालबालिका खोज्दै आमाहरु….


प्रकाशित मिति :2018-01-09 15:35:22

विगत १३ वर्षदेखि, प्रत्येक वर्ष ठूलो संख्यामा महिलाहरु मेक्सिकोको सिमातर्फ आफ्ना हराएका बालबालिकाहरुको खोजि गर्न करिव ४००० किलोमिटर (२४८५ माईल्स) सम्मको यात्रा तय गर्ने गर्दछन् । बालबालिकाहरु खासगरि बसाईसराई लगायत बिभिन्न कारणले हराएका हुन् । यहाँ फोटो पत्रकार ईन्कार्नो पिंडाडोले केहि महिलाहरुका दूःख तथा हराएका बालबालिकाहरु भट्ने आशा सहितका कथाहरु प्रस्तुत गरेका छन् ।

एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस तथा निकारागुवा जस्ता मध्य अमेरिकन देशहरुबाट आमाहरु क्याराभानमा सामेल हुने गर्दछन् । हराएका आफन्तहरु खोज्न, साँघुरो ढुङ्गामा जोखिम मोलेरै भएपनि उनीहरु मेक्सिको पार गर्दछन् । विगत १३ बर्षमा जबदेखि क्याराभानको आयोजना गर्न थालियो, २७० हराएका ब्यक्तिहरु पत्ता लागिसकेका छन् । ति मध्य ९०% पूरुषहरु छन् । महिलाहरुलाई यौन व्यापारमा लगाईने भएकाले भेटिने सम्भावना निकै कम हुन्छ । हराएका महिलाहरु पत्ता लगाउन यो अभियानले महिला यौनकर्मिहरुद्धारा सञ्चालित संस्थाहरुसँग समन्वय गरिरहेका छन् । चिन्न सजिलो होस् भनेर तिनिहरुले हराएका आफन्तहरुको तस्विरहरु ब्रथेल्स (यौन कोठी) मा राख्ने गर्दछन् ।

क्लेमेन्टिना मर्सिया गोञ्जालेज, विगत पाँच बर्ष देखि उक्त क्याराभानमा सहभागि भईन, जतिबेला उनका आफ्ना दुई छोराहरु (जर्ज १९८४ र मउरिको २००१) देखि हराइरहेका थिए । स्थानीय रेडियोको सहायताबाट उनले मउरिकोलाई त भेट्न सफल भईन तर जर्जलाई भने अझैसम्म खोजिरहेकी छन् ।

त्यसैगरि एडिट गुटिरेजको पनि आफ्नै कथा छ । उनको छोरा दुई पटक होन्डुरसबाट बाहिरिए । पहिलो पटक मेक्सिकोको जेतास नामक ड्रक्स माफिया समूहको अपहरणमा परे । यात्राका क्रममा थुप्रै मानिसहरुलाई मारिएको र जलाईएको आफ्नै आखाँले देख्दा साह्रै डराएको अनुभव गुटिरजसँग छ । उनको छोरालाई केहि समय सेनाले उद्दार गरि होन्डुरस फर्काएका थिए । तर फेरि अगस्ट २०१२ मा मानव तस्करलाई ३ हजार डलर दिएर सम्पर्क बिहिन बनाए । जो अहिलेसम्म बेपत्ता नै छन् ।

होन्डुरसबाट आफ्ना पितालाई भेट्न न्यूयोर्क हिडेका जोसु ईल्डेफोन्सु मोलिनाज जुनिगा पनि १५ डिसेम्बर २०१३ देखि मेक्सिकोको सिमानाबाटै सम्पर्क विहिन भए । उनलाई अहिलेसम्म पनि उनकी आमाले खोजिरहेकी छन् ।
होन्डुरसकी मारिया क्लेमेन्टिना भास्क्विज हर्नान्डेको कथा अलि फरक छ । सन् २००२ देखि उनकी छोरी मारिया ईनेज बेपत्ता छिन् । जो आफ्नो सानो छोरा छाडेर गएको १५ बर्षदेखि छोरीको खोजीमा छिन् । नाति हुर्काएर बसेकी मारिया भन्छिन् ‘अब त छोरीको अनुहार समेत सम्झन सक्दिन होला ।’

ओल्गा आफ्नो होन्डरस स्थित घरमा फर्किईनन् । उनले आफ्नो आमा पिलर एस्कोबर मेदिनालाई तापाचुला भन्ने ठाँउ जो मेक्सिको ग्वाटेमालाको सिमानामा पर्दछ, बाट फोन गरिन र भनिन् उनको त्यहि अन्त हुँदैछ । मेदिनाले उनको आवाज त्यसपछि कहिल्यै सुनिन् । तर अहिले पनि उनी ओल्गालाई भेट्ने आशामा खोजी गरिरहेकी छन् । एक जना अधिकारकर्मी भन्छन्, ‘बसाई सर्नेहरु प्यासले मर्नु भन्दा अघि, सर्पले डस्नभन्दा पहिला नै एक संगठित अपराधीहरुको हातबाट मारिन्छन्, अझ त महिलाहरु उनीहरुबाट निर्मम तरिकाले बलात्कृत हुन्छन् र मारिन्छन् ।’

मर्सिडिज लेमस पनि अरु आमाहरु जस्तै सन् २०१० को अप्रिल १६ देखि हराईरहेकी छोरी अन्ना भिक्टोरियालाई खोजिरहेकी छन् । गत बर्ष एक जना महिलाले अन्नालाई एउटा बारमा देखेको जानकारी गराईन र छिमेकीहरुले पनि अन्नाको तस्विर बार मालिकासँग देखेको निश्चय गरे । तत्पश्चात आमा लेमसले बारमा प्रबेशका लागि अनुमति मागिन तर प्रबेश गरे जिउँदो फर्किन नदिने धम्कि पाएर फकिन् ।
साभार: बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: