छोरी जन्माउने ४८ आमाले पाए प्रोत्साहन भत्ता


प्रकाशित मिति :2018-01-10 15:34:24

–महिला खबर–

बैतडी । दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने ४८ जना आमाहरूलाई प्रोत्साहन भत्ता दिएको छ ।

नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप चार सय दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एक हजार प्रोत्साहन भत्ता दिँदै आएको छ ।

दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले आ.व.२०७४÷७५ को साउनदेखि कार्तीकसम्ममा ४८ जना आमाहरूलाई सो रकम वितरण गरिसकेको जानकारी दिएका छन् । ‘यो आर्थिक वर्षको चौमासिकमा ४८ जना आमाहरूले सो रकम दिन भनी सबै स्वास्थ्य संस्थाहरूमा रकम पठाईसकेका छौं’ संयोजक नाथले महिला खबरसँग भने ।

दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको बताईन् ।

‘यो कार्यले आमाहरूलाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने । हामीले गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा छोरी जन्माउने आमाका लागि पहिलो चौमासिक रकम समेत निकासा गरिसकेका छौं’ उपाध्यक्ष कार्कीले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: