गैरकानूनी शिकार विरुद्ध लड्दै अफ्रिकन महिला


प्रकाशित मिति :2018-01-11 11:39:15

जिम्बावेको जाम्बेजी उपत्यकामा सीमान्तकृत समुदाय र दुव्र्यवहारमा परेका महिलालाई हातहतियार सहित तालिम दिएर वन्यजन्तु संरक्षणका लागि खटाइएको छ ।

‘एआर–१५ राइफल, एके–४७ भन्दा चलाउन सजिलो छ । यसले पाँच सय मिटर परको शत्रुलाई सजिलै निशाना लगाउन सक्छ । यो कुनै पुरुष रेन्जरले मात्र चलाउने हतियार होइन । यो काम पुरुषको लागि मात्रै होइन, भिम्बाई कुमिरे भन्छिन्, ‘यो त सबैका लागि हो जो योग्य र बलिया छन् ।’

कुमिरे ३२ वर्षीया एकल महिला हुन् । उनी दास्रो पटक गर्भवती भएको बेला उनको श्रीमान्ले अर्की युवती लिएर भागेका थिए । उनी जिम्बावेको तल्लो जाम्बेजी उपत्यकामा विहान सबेरै हरियो झाडीभित्र लुकेर एम्बुस जडान गर्ने अभ्यास गर्छिन् ।

उनी जंगलमा “चोर शिकारीसँग” भिड्ने सबभन्दा अगाडिको टुकडीमा आवद्ध छिन् । यसमा सबै महिला रेन्जरहरु मात्र छन् । उनीहरु सामुदायिक विकासको अवरोध हटाउनको लागि तयार पारिएको सैनिक टुकडीको वातावरण टोलिका सदस्यहरु हुन् ।

चिन्होयीको प्रविधि विश्व विद्यालयका जीव संरक्षण वैज्ञानिक भिक्टर मुपोसीका अनुसार तल्लो जाम्बेजी उपत्यकाले गएको दश वर्षमा एघार हजार हात्ती गुमायो । उनी भन्छन्–‘प्रत्यक्ष रुपमा स्थानीय समुदायबाट कुमिरे जस्ता महिला रेन्जर नियुक्त गर्नु र तालिम दिनु एउटा कोशेढुंगा हो ।’

“समुदायमा संरक्षण सीपको विकास गर्नु भनेको जागिर मात्र होइन। वन्यजन्तुको संरक्षणबाट स्थानीय मानिसले प्रत्यक्ष रुपमा फाइदा पाउँछन्,” प्रध्यापक मोपोसी भन्छन्।–‘यसबाट दुर्लभ वन्यजस्तुको मात्र संरक्षण नभई सम्पूर्ण पयावरणलाई नै बचाउँछ,।’

यो “आकासिंगा” कार्यक्रम अन्तर्गत पर्छ । यसको मुख्य लक्ष्य महिला सशक्तिकरण हो। “यो साँच्चिकै सशक्त्तिकरण हो,” मुपोशी भन्छन, “तपाईं उच्च जोखिममा परेका र क्षति बेहोरेका युवतीको समूहसँंग काम गर्दै हुनुहुन्छ ।”

बेरोजगार एकल आमाहरुको जीवनमा सामाजिक र आर्थिक परिवर्तन ल्याउन यो पाँच महिने कार्यक्रमले सहयोगी भूमिका खेलेको उनको शुरुवाती अनुसन्धानले देखाएको छ ।

एक्काइस बर्षीया प्रीम्रोज मज्लिरु साँंझ पर्नै लाग्दा शिविर छेउको हरियो घांँसमा गर्वका साथ उभिइन् । माथिल्लो ओठमाथि प्रष्ट देखिने खतका बाबजुद उनी मुस्कुराइन्, जुन खत उनका पूर्व प्रेमीले मदिरा पिएर उनलाई कुट्दाको निशानी थियो । “यो कार्यक्रमले मेरो जीवन बदलेको छ। मेरो समुदायले म जस्तो एकल युवतीलाई सम्मान गर्न थालेको छ,” उनी भन्छिन्।

फिल्ड रेन्जर भएर कमाएको ज्यालाबाट मज्लिरुले एक टुक्रा जमिन किनिसकेकी छिन् । “म र मेरो बच्चाको खर्च धान्न मलाई कुनै पुरुषको जरुरत छैन,” उनले भनिन्।

दक्षिण अफ्रिकाका धेरै देशहरुले जस्तै जिम्बावेले पनि वन्यजन्तु संरक्षण गर्न प्रख्यात राष्ट्रिय निकुञ्जहरु वरिपरिको क्षेत्रलाई बफर जोनको रुपमा छुट्याएको छ । यो बफर जोन क्षेत्र ठूला राष्ट्र्रिय निकुञ्जहरु भन्दा पनि ठूलो छ । यो सीमित मात्रामा विदेशी ग्राहकलाई वन्यजन्तु शिकारका लागि अनुमति दिएर विदेशी मुद्रा आर्जन गरी त्यस क्षेत्र वरिपरिका समुदायलाई फाइदा पु¥याउनका लागि बनाइएको थियो।

मुपोसीका अनुसार बढ्दो नीतिगत पतनका कारण व्यवसायिक शिकारहरु भंग भए र अमूल्य पर्यावरण अहिले खतरामा छ। राजस्व घटिरहेको छ र निकुञ्ज वरपरको मानव जनसंख्या बढिरहेको छ । “अबको पाँच वर्षभित्र हामीसंँग अरु विकल्पहरु छैनन् भने यी क्षेत्रहरुलाई बचाउन संभव छैन, ”” मुपोसी भन्छन।

आकासिंगा पहलका संस्थापक दामिएन म्यान्डर विश्वकै गैरकानूनी शिकार विरुद्वको इकाईकी पहिलो महिला व्ल्याक मम्वाजबाट प्रभावित थिए । अष्ट्रेलियन नागरिक म्यान्डर दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा काम गर्दछिन्। उनले त्यस निकुञ्जले पाएको अन्तर्राष्ट्रिय सहयोग र चासो देखे र यस्तै योजना जिम्बावेमा गर्ने विचार गरे ।

“छत्तीस महिलाले हाम्रो तालिम शुरु गरे। हामीले उनीहरुको तालिमा धेरै जोड दियौं । अरु तालिममा पुरुषले गर्ने भन्दा धेरै परिश्रम उनीहरुलाई गर्नलगायौं । जम्मा तीन जना महिलाले यो तालिम छाडे,” म्यान्डरले भने।

विज्ञहरु भन्छन् ‘अकासिंगा मोडेल एउटा ठूलो समाधानको बाटो बन्न सक्छ ।’ प्रायः पश्चिमेली सरकारहरु र संरक्षण संस्थाहरुले केन्द्रमा बसेर निर्णय लिन्छन् । सबैभन्दा धेरै असर परेका मानिसहरुमा भनेको अफ्रिकाको संरक्षित क्षेत्र आसपासका समुदायका महिला हुन् ।
उनीहरु भन्छन् कुमिरे र मज्लिरु जस्ता तालिमप्राप्त महिलाबाट संचालित यो संरक्षण कार्यक्रम गैरकानूनी शिकार अन्त्यकोलागि उपयुक्त मन्त्र हो ्।

म्यान्डर र उनका सबै रेन्जरहरु शाकाहारी खाना मात्र खान्छन् । उनीहरुले पाँच वर्ष अघिदेखि पशुजन्य उत्पादन खान छाडे । “म एउटा समूहका जनावरहरुको संरक्षण गर्दै झाडीमा भौंतारिरहेको हुन्थें र घर आएर अर्को जनावरलाई खाइरहेको हुन्थें । यस्तो दोहोरो जीवन शैलीमा जिउन मन लागेन र म शाकाहारी भएँ,” म्यान्डर भन्छन्।
साभारः– द गार्डीयन

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: