कुरीतिका कारण तीन महिनामा ४३ जनालाई यातना, ७ को ज्यान गयो


कुरीतिजन्य हिंसा बढ्दो क्रममाः सोच नेपाल

प्रकाशित मिति :2018-01-12 10:19:07

–महिला खबर–

काठमाडौं । देशमा कुरीतिजन्य हिंसाका घटना बढ्दो क्रममा छन् । मानववादी समाज (सोच) नेपालले कुरीतिका कारण देशभर भएका हिंसाका बारेमा नेपालका दैनिक राष्ट्रिय पत्रपत्रिकामा छापिएका समाचारलाई आधार मानेर गरेको विश्लेषणसहितको त्रैमासिक प्रतिवेदन अनुसार कुरीतिजन्य हिंसाका घटना बढ्दो क्रममा छन् ।

सोच नेपालले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार अंग्रेजी संवतको गत ३ महिनामा (जुलाई, अगस्त, सेम्टेम्बर, २०१७) मा ४३ जनालाई कुरीतिका कारण शारीरिक र मानसिक हिंसा गरिएको छ । यो अवधिमा २ पुरुष र ५ महिलाको कुरीतिका कारण ज्यान समेत गएको छ । त्यस्तै ७ महिलालाई मानसिकरुपमा हिंसा गरिएको छ भने १७ जनालाई शारीरिकरुपमा हिंसा गरिएको छ ।

यो तीन महिनाको अवधिमा छुवाछुतका कारण भएका हिंसा अन्य कुरीतिका तुलनामा बढी (१२ वटा) भएका छन् । त्यस्तै छाउपडिबाट भएका ७ वटा हिंसाका घटना पत्रपत्रिकामा आएका छन् । कानुन नै बनाएर आपराधिक कार्य घोषणा गरिएको बोक्सी सम्बन्धि कसुरका ४ घटना सार्वजनिक भएका छन् ।

अधिकांश कुरीति सम्बन्धि हिंसाका घटनालाई स्थानीय प्रहरीमा लैजान भन्दा पनि गाउँमै मिलेमतो गरि मिलाउने चलन अझ पनि उत्तिकै मात्रामा पाइएको छ । कतिपय स्थानमा स्थानीय प्रहरीले समेत फौजदारी सरह मानिने कुरीतिजन्य हिंसालाई मिलेमतोमा दोषीलाई छुटाएका घटना सार्वजनिक भएका छन् ।

अघिल्लो त्रैमासिकमा ३४ वटा कुरीतिका घटना सार्वजनिक भएकोमा यस त्रैमासिकमा थप १० वटा कुरीतिका घटनाहरू सार्वजनिक भएका छन् ।

सोच नेपालले हरेक तीन महिनामा उक्त रिपोर्ट सार्वजनिक गर्दै आएको संस्थापक उत्तम निरौलाले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: