-ज्ञानु पंगेनी-
नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मेला, महोत्सवले अर्थतन्त्रमा ठुलो टेवा पुग्न बताएकी छन् ।
बिहिबारबाट नवलपरासीको गैडाकोटमा शुरु भएको दोश्रो गैडाकोट महोत्सवको उद्घाटन गर्दै अध्यक्ष्ँ राणाले उद्योग वाणिज्य संघहरुले जिल्ला–जिल्लामा गर्ने मेला महोत्सवले अर्थतन्त्रमा ठुलो टेवा पु¥याउदै आएको भन्दै सरकारले पनि यस्तो गतिविधिलाई प्रर्वद्धन गर्नुपर्नेमा जोड दिईन ।
मेला महोत्सवमा आन्तरिकसंगै बाह्य पर्यटक पनि आउने हुनाले स्वदेशमा उत्पादित सामानलाई अन्तराष्ट्रियकरण गर्न समेत टेवा पुग्ने अध्यक्ष्ँ राणाको भनाई थियो ।
मेला महोत्सवमा महिलाहरुले घरमै बसेर उत्पादन गरेका सामाग्रीहरु विक्रीवितरण हुनुका साथै विभिन्न कला संस्कृती र झॉकीहरुमा
महिलाहरुको उल्लेख्य सहभागिता हुने हुँदा महिलाहरुलाई अग्रसर हुने मौका मिल्ने उहॉले बताउनुभयो ।
महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।
Comment Here!