संविधानले महिलाका लागि अवसरको ढोका खोलेको छः पूर्व सभामुख घर्ती


प्रकाशित मिति :2018-01-12 15:40:57

—महिला खबर—

काठमाडौं । लैंगिक समानता तथा महिला सशक्तीकरणका लागि स्थानीय जनप्रतिनिधिहरुको जवाफदेहिता विषयक राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । तीन दिने सम्मेलनको उद्घाटनमा बोल्दै पूर्व सभामुख ओनसरी घर्ती मगरले महिला उपप्रमुखले आफ्नो क्षमतालाई विस्तार गर्दै स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने बताइन । ‘संविधानले महिलाका लागि अवसरको ढोका खोलेको छ, हामीले यसलाई सदुपयोग गर्न सक्नुपर्छ,’ पूर्व सभामुख मगर भनिन् ।

साथी संस्थाको आयोजनामा पुस २७ गतेबाट शुरु भएको राष्ट्रिय सम्मेलनमा १३ जिल्लाका ८० जना जनप्रतिनिधिहरुको सहभागीता रहेको छ । साथी संस्थाका अध्यक्ष उमा शाहले स्थानीय तह न्यायिक समितिको काम कर्तव्य र अधिकार, कानूनी व्यवस्था, लैगिंक समानताबारे नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराइने बताइन् ।

सम्मेलनमा महिला आन्दोलन उपलब्धी र चुनौती, लैगिंक समानता र सामाजिक समावेशिता, सुचनाको हक, लैगिंकता सम्बन्धी नीति र कानून, स्थानीय नीति र कानून सम्बन्धी मस्यौदा, महिला विरुद्ध हुने हिंसा, लैंगिक उत्तरदायी बजेट लगायतका विषयमा छलफल भैरहेको अध्यक्ष शाहको भनाइ छ । मिडिया सहकार्य र स्व हेरचाह लगायतका विषयमा सम्मेलनको अन्तिम दिन छलफल हुने समेत उनले बताइन् । सम्मेलनमा ६० प्रतिशत महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । पुस २७ गतेबाट शुरु भएको सम्मेलन शनिबारसम्म चल्ने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: