सञ्चारिकाकर्मी बस्नेत पुरस्कृत


प्रकाशित मिति :2018-01-15 13:01:42

-महिला खबर-
काठमाडौं । सञ्चारिका समूहकी सहकर्मी लक्ष्मी बस्नेत ‘गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४’ बाट पुरस्कृत भएकी छन् ।

गरिबी निवारण सहयोग पुग्ने विषयमा रेडियोको माध्यमबाट सहयोग पु¥याएको भन्दै ‘विद्युतीय सञ्चार माध्यम’ विधातर्फ कोषले बस्नेतलाई पुरस्कृत गरेको हो ।

आइतबार कोषले गरेको एक कार्यक्रमबीच उद्योग मन्त्री सुनिलबहादुर थापाले सो पुरस्कार प्रदान गर्नुभएको हो । यसअघि काम गरेको संस्था सामुदायिक सूचना नेटवर्क (सीआईएन) मा कार्यरत रहँदा महिलाहरुको सीप र समृद्धि आधारित ‘महिला उद्यमशिलता’ कार्यक्रमको विषयवस्तुको आधारमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो । हाल उनी संचारिकाद्धारा संचालित समकोण टेलिभिजन कार्यक्रमको अनुसन्धाकर्ताको रुपमा कार्यरत छिन् ।

विगत ५ वर्षदेखि कोषले आर्थिक पत्रकार समाज (सेजन) सँगको समन्वयमा विभिन्न विधामा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कृत हुने अन्य पत्रकारहरुमा राष्ट्रिय छापामाध्यम नेपालीतर्फ नागरिक दैनिकका महेस कुमार दास, राष्ट्रिय छापामाध्यम अंगे्रजीतर्फ दि हिमालय टाइम्स (बाजुरा) का प्रकाश सिंह र मोफसलतर्फ सिन्धुपाल्चोकका टिका सुवेदी पुरस्कृत हुनुभएको छ । पुरस्कार राशि जनही रु. ४० हजार रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: