-महिला खबर-
काठमाडौं । पूर्व प्रहरी भिम बहादुर विकलाई यौन धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको जागिर छाडेर कालिमाटीमा भ्यू प्वाइन्ट नामक रेष्टुरेन्ट सञ्चालन गर्दै आएका विकले यौन धन्दा सञ्चालन गरेको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीले विकलाई दुई महिला सहित शुक्रबार पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीका अनुसार दुई महिलालाई राखेर विकले यौनजन्य क्रियाकलाप गराउदै आएकोे बताए।
डिएसपी क्षेत्रीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाईने बताएका छन् ।
Comment Here!