–महिला खबर –
काठमाडौं । कर्तव्य ज्यान मुद्वाका फरार एक अभियुक्तलाई ७ वर्षपछि पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बाँके कोहलपुर नगरपालिका ११ न्यूरोडबाट नरेशकुमार कुमाल चौधरीलाई सोमबार पक्राउ गरेको हो ।
कुमालले २०६७ जेष्ठ २३ गते दाङको गंगा परस्पुर गाविस (हाल गढवा गाउपालिका वडा नं ४) का ५५ वर्षीय मणीराम कुमार चौधरी र ५० वर्षीया आशूकुमारी कुमाल चौधरीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए । हत्या गर्ने नरेशकुमारलाई कानूनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय दाङ गढवामा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।
Comment Here!