शीम्लाकी सक्षम महिला स्वास्थ्यकर्मी


प्रकाशित मिति :2018-01-16 11:44:10

भारतको शीम्ला राज्यको मन्डी जिल्लाकी एक महिला स्वास्थ्यकर्मी गीता वर्माले दादुरा र रुबेला रोग विरुद्धको खोप कार्यक्रमलाई आफनो परियोजनाको क्षेत्रमा उल्लेखनीय रुपमा कार्यन्वयन गर्न सफल भएकी छिन् । उनले हिंडेर र मोटर साइकल चढेर दुर्गम क्षेत्रका फिरन्ते जीवन बिताउने समुदायका बालबालिकाहरुलाई खोप लगाइदिइकी छन् । उनको कामको प्रशंसा विश्व स्वास्थ्य संघले सन् २०१८ मा निकालेको पात्रोमा गरेको छ ।

मन्डीको सापनट गाउँकी बासिन्दा वर्माले आफ्नो कार्यक्षेत्रको करीब शत प्रतिशत लक्षित बालकालिकाहरुसम्म खोप कार्यक्रमा सफलतापूर्वक पु¥याएकी छिन् । उनी शाकरदेहरा स्वास्थ्य सेवा सहकेन्द्रमा झन्जेली क्षेत्रकोलागि खटिएकी थिइन् । उनले लामो दूरीको जोखिमपूर्ण ठाउँको यात्रा गरेर भएपनि प्रत्येक सामुदायिक स्तरको खोप कार्यक्रम सफलताका साथ पूरा गरिन् ।

मुख्य मन्त्री जयराम ठाकुरले वर्मालाई बधाई दिंदै उनका उपलब्धिहरुको चर्चा गरेका छन् । सबै कर्मचारीहरुले ती महिलाबाट प्रेरणा लिंदै आफ्नो कामप्रति कटिवद्ध हुनुपर्ने र इमान्दार भएर मान्छेहरुको सेवा गर्ने भावनाको विकास गर्नु पर्ने आवश्यकता रहेको मुख्य मन्त्रीले भने ।

साभारः– द टाइम्स अफ इन्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: