जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण


प्रकाशित मिति :2018-01-16 11:46:40

–महिला खबर–

दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना गरेको साहित्यिक पुरस्कारबाट दुई साहित्यकारहरू सम्मानित भएका छन् ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले स्थापना गरेको बिष्णुलक्ष्मी साहित्यिक सम्मान २०७४ बाट पत्रकार एवम् साहित्यकार भोजराज न्यौपाने सम्मानित भएका छन् भने तुलसीमाया रेडियो साहित्य पुरस्कार २०७४ बाट दोलखाबाट प्रशारण हुने हाम्रो रेडियोको प्रस्तोता लक्ष्मी बस्नेत सम्मानित भएकी छन् ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संस्थापक चिरञ्जीवी मास्केले आफूलाई कर्मदिने आमा बिष्णुलक्ष्मी श्रेष्ठको नाममा बिष्णुलक्ष्मी साहित्यिक सम्मान र जन्म दिने आमा तुलसीमाया मास्केको नाममा तुलसीमाया रेडियो साहित्य पुरस्कार स्थापना गरि २०६९ सालदेखि हरेक वर्ष साहित्यिक क्षेत्रमा योगदान पु¥याउने साहित्यकार तथा पत्रकारलाई पुरस्कृत गर्दै आएका छन् ।

सोमवार आयोजना भएको पुरस्कार वितरण कार्यक्रममा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सम्मानित साहित्यकार तथा पत्रकारलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे । सो अवसरमा पूर्व पर्यटन मन्त्री पोखरेलले हरेक मानिसले अभिभावक र जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: