मेलुङमा बालमैत्री धारा


प्रकाशित मिति :2018-01-16 12:26:03

–सर्मिला बुढाथोकी–

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका विभिन्न विद्यालय र सार्वजनिक स्थानमा ६१ वटा बालमैत्री धारा निर्माण भएका छन् । बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा समेत बालबालिकालाई समस्या हुने अवस्था भएपछि बालमैत्री धारा निर्माण गरिएका हुन् ।

दोलखाको मेलुङ गाउँपालिका वडा न ७ मेलुङमा ६१ वटा बालमैत्री धारा निर्माण गरिएको छ र यसले बालबालिकासहित स्थानीय सबैलाई पिउने पानीको लागि सहजता हुने वडा नम्बर ७ का वडा अध्यक्ष नवराज खड्काले बताए ।

बाल मैत्री खानेपानी योजना पुरा भएपछि विद्यालयका बालबालिकालाई पानी पिउने समस्या नरहेको र गाउँमा समेत खानेपानीको समस्या समाधान भएको कर्नले आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र चापागाईले जानकारी दिए ।

सामुदायिक खानेपानी आपूर्ति, विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्घन परियोजना मेलुङमा ८८ लाख ७४ हजार ९ सय २० रुपौयाँको लागतमा सो खानेपानी आयोजना निर्माण भएको हो । खानेपानी योजनाका लागि ईन्टेक २ वटा, पानी वितरण ट्यांकी १ वटा, फोरोसिमेन्ट ट्टयांकी १४ घनमिटर. र १६ घनमिटरकोे २ वटा ट्याँकी, धारा ६१ वटा निर्माण भएको दीपज्योजी समाज सुधार संघका कार्यकारी निर्देशक मुकुन्द शिवाकोटीले जानकारी दिए ।

खानेपानी योजना अन्र्तगत एउटा विद्यालयमा खानेपानी धारा निर्माण र हात धुने ठाउँ समेत तयार गरेको छ । साथै कर्नले आधारभूत विद्यालयको चर्पी पुनःस्थापना तथा मर्मत सम्भार समेत गरेको शिवाकोटीले बताए । खानेपानी आयोजनाबाट कर्नकाली आधारभुत बिद्यालयका बिधार्थी सहित १ सय ८६ घर धुरीको १३ सय ५७ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

मेलुङ गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले गाउँको विकास पूर्वाधार तयारीका लागि गाउँपालिकाले सबैसँग सहकार्य गर्ने र विकासका हरेक योजना, बालबालिका, महिला, फरक क्षमता भएका व्यक्ति तथा जेष्ठ नागरिक मैत्री हुने बताए ।

खानेपानी आयोजना समुदायमा हस्तान्तरण गर्दै जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले बालबालिका, महिला, फरक क्षमता भएका व्यक्ति तथा जेष्ठ नागरिक मैत्री बनाउनु पर्नेमा जोड दिए ।

तस्बिरः धारा समुदायमा हस्तान्तरण गर्ने कार्यक्रममा सहभागि जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे र एक बालिका ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: