–महिला खबर–
काठमाडौं । कैलाली धनगढी उपमहानगरपालिका– ३ की ३० वर्षीया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालिका २ देहीमाडौंका २५ वर्षीय राजु बोहोराको हत्या गरेकी छन् ।
धर्मा र राजु दुई वर्षदेखि सम्बन्धमा थिए । दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए ।
राजुले आफूहरूबिचको यौन सम्बन्धको भिडियो बनाइ ब्ल्याकमेल गर्न थालेपछि आफूले पटकपटक पैसा समेत दिएको उनले प्रहरीलाई दिएको बयानमा बताएकी छन् ।
राजुले आफूमाथि गरेको अन्यायको कानुनी उपचार खोज्दै धर्माले राजुविरुद्ध जवरजस्ती करणी र साइबर अपराधमा मुद्धा हालेपछि राजु ७ महिना जेल बसेर फर्किएका थिए ।
पुन जेलबाट छुटेका राजुले ब्ल्याकमेल गर्न थालेपछि उनले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहन साउदले महिला खबरलाई बताए ।
हत्या अभियोगमा पक्राउ परेकी धर्मालाई प्रहरीले हिरासतमा राखेर थप कारबाही अघि बढाएको छ ।
Comment Here!