एक्लिदै छन् बेलायतका किशोरी आमाहरु


प्रकाशित मिति :2018-01-17 11:05:10

बेलायतमा (सयुंक्त अधिराज्य) विगत ८ वर्षमा किशोरी अवस्थामै आमा हुनेको दर आधा घटेको छ । तर अरु यूरोपेली देशहरुसँग दाँज्दा सबैभन्दा बढि यो देशमा नै छ । यो संख्या घटाउनका लागि स्थानीय परिषद्लाई सहयोग होस् भनेर त्यहाँको सरकारले नयाँ निर्देशिका जारी गरेको छ ।

शानन्को छोरा (हार्भे) अहिले दुई वर्षको भयो । उनी गर्भवती हँुदा शानन् जम्मा १४ वर्षकी थिईन् भने उनका श्रीमान् १७ वर्षका थिए । उनी भन्छिन्, “आमा भएर म एक्ली भएकी छु । थुप्रै साथीहरु गुमाउनुपरेको छ । किनकि उनीहरु यो सानो बच्चालाई मतलब गर्दैैनन् ।”
‘तपार्इं आफूले गरेको संघर्ष मानिसहरुलाई देखाउन चहानुहुन्न । साथै तपाईं खराब आमा हो भन्ने छवि पनि बनाउन चाहनुहुन्न । यो धेरै कुराहरु मध्ये तपाईंले राख्ने एउटा गोप्य कुरा हो,’ उनले भनिन् ।

गर्भवती हँुदा अरुले गरेका व्यवहारका कारण उनीसँग केही नकारात्मक अनुभव पनि छ । “यो म सुत्केरी हुनुभन्दा केही हप्ता अघिको कुरा हो, जब मैले एक जना नर्सलाई स्वास्थ्य परिक्षणका लागि भेटें ती नर्सले मलाई म कलिलो उमेरको भएकोले प्रसव पीडा महसुस गर्न योग्य छैन भन्दै परिक्षण नगरिकन मलाई घर पठाइदिईन्,” उनले भनिन् ।

एक सुडेनीको सल्लाहमा उनी फेरि तीन दिनपछि अस्पताल गईन् र स्वास्थ्य परिक्षण गराईन् । बेलायतमा सन् २०१५ मा भएका ६३२,०४८ सुत्करीहरु मध्ये ५,४८३ जना किशोरी आमाहरु थिए । यो संख्या सन् १९६० देखि यताको सबैभन्दा कम हो । उपयुक्त अस्थाई साधनहरुको उपलब्धता, प्रभावकारी यौन शिक्षा, यौनको बारेमा खुलेर कुरा गर्ने वातावरण, किशोर–किशोरीहरुलाई सामाजिकीकरणको लागि सामाजिक सञ्जालहरु सहयोगी हुनुले यो दर घटेको हो ।

बेडफोर्डशर विश्वविद्यालयको किशोरी गर्भवती ज्ञान व्यवस्थापन महाशाखाका निर्देशक अलिसन हाड्लेले स्थानीय परिषद्हरुलाई निर्देशिका तयार गर्न मद्दत गरिन् ।

“विद्यालयको पाठ्यक्रममा नै योैन शिक्षा एवं यौन सम्बन्धका बारेमा समावेश गर्न सक्नुहन्छ जसले सम्पूर्ण विद्यार्थीहरु सुरक्षित तथा सहमतिका साथ अस्थाई साधन प्रयोग गरेर यौन सम्बन्ध राख्न सक्नेछन्,” उनी भन्छिन् ।

पछिल्लो तथ्यांक अनुसार यूरोपियन देशहरु मध्येमा सबैभन्दा बढी किशोरी अवस्थामै आमा बन्नेहरु संयुक्त अधिराज्यमा छन् । यो देशमा इटली र स्विट्जरल्यान्डमा भन्दा झन्डै पाँच गुनाले बढी छ । हाल यहाँ किशोरी गर्भवती दर घटाउने कुनै राष्ट्रिय लक्ष्य तय गरिएको छैन । यस्तो अवस्था भएतापनि जनस्वस्थ्यका लागि छुट्ट्याईएको रकम कटौति गर्नाले कलिलै उमेरमा आमा–बुवा बन्नेको संख्या बढाउन सक्छ ।

हाड्ले भन्छिन्–‘अरु देशहरु यौन शिक्षाका बारेमा खुला धारण राख्दछन् । धेरै देशहरु त किशोर–किशोरीहरुले सानै उमेरमा नै यौनको बारेमा जानून् भन्ने चाहन्छन् । उनीहरुको विचारमा अभिभावकहरुको काम बालबालिकाहरुलाई सु–सूचित गर्नु र यौनको बारेमा उनीहरुलाई विशेष तरिकाले सशक्त पार्नु हो ।’

विभिन्न कठिनाइका बाबजुद पनि शानन् आमा हुन पाएकोमा खुशी छिन् ।

साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: