सर्वोच्चमा एकै प्रकृतिका मुद्दामा समूहगत सुनुवाइ शुरु


न्यायमा पहुँच बढाउने लक्ष्य

प्रकाशित मिति :2018-01-17 13:29:41

–महिला खबर–

काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि एकै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर दैनिक पेशी तोकी समूहगत सुनुवाइ सुरु गरेको छ । समूहगत सुनुवाइका क्रममा मंगलबार चार वटा छुट्टाछुटै इजलास तोकी समूहगत सुनुवाइ सुरु गरिएको थियो । समूहगत सुनुवाइका लागि न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा माना चामल, बहुविवाह, करकापलगायत मुद्दामा सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा जालसाजी, करकापलगायत मुद्दामा सुनुवाइ भएको छ ।

यस्तै न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको संयुक्त इजलासमा जग्गा दर्ता, नामसारी, गुठीजस्ता मुद्दामा र न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा लागूऔषध र नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ भएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीका अनुसार एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्दा छिटो मुद्दाको किनार लाग्ने हुनाले न्यायमा पहुँच बढाउने उद्देश्यले मंगलबारदेखि दैनिक पेशी नै तोकेर समूहगत सुनुवाइ सुरु गरिएको हो ।

सर्वोच्च अदालतमा २२ हजारको हाराहारीमा पुराना मुद्दा रहेका छन् भने ती मुद्दाको तीव्र रुपमा सुनुवाइ गर्न र पुराना मुद्दालाई प्रभावकारी रुपमा सकेर नागरिकलाई राहत मिल्ने सोचका साथ समूहगत सुनुवाइ सुरु गरेको समेत सहप्रवक्ता कालाखेतीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: