यसकारण हुँदैछ ‘महिला मञ्च’


प्रकाशित मिति :2018-01-17 14:15:16

–महिला खबर–

काठमाडौं । ‘महिला मैत्री गणतान्त्रिक नेपाल सम्भव छ, हामी संस्थागत गछौं’ भन्ने मूल नाराका साथ देशका सात वटै प्रदेशमा ‘महिला मञ्च’ हुने भएको छ ।
सामाजिक साँस्कृतिक रुपान्तरण गर्दै गणतन्त्रलाई समुदायदेखि नै व्यवहारिक रुपमा संस्थागत गर्न जनप्रतिनिधि तथा महिला मानव अधिकार रक्षकहरूको भूमिका, अवसर, चुनौती, प्रतिबद्धता र सहकार्यका लागि महिलाहरूको संयुक्त पहलमा महिला मञ्च हुन लागेको हो ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले आयोजना गर्न लागेको महिला मञ्चमा अबको नेपाल कस्तो हुने ? कसको कस्तो भूमिका रहने ? राजनीतिक परिवर्तनका लागि कठोर संघर्ष र बलिदानी गरेका आम नागरिकले अनुभूति गर्ने गरी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने व्यवहारिक पक्ष केलाउँदै हरेक नागरिकले खोजेको परिवर्तनका लागि आ–आफ्नो तर्फबाट गर्न सकिने विभिन्न बिषयहरूमा छलफल गरिने छ ।

सञ्जालका केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारीका अनुसार हरेक प्रदेशमा लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई समुदाय तहदेखि नै सबैले अनुभूति गर्न सक्ने वातावरण निर्माणमा व्यवधान खडा गरेका प्रमुख मुद्दाहरूमा महिलामुखीकोणबाट छलफल गरिने छ । छलफल पश्चात त्यस्ता मुद्दाहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारे सामूहिक निष्कर्ष निकाल्दै कार्यान्वनका लागि उपयुक्त योजनाको खाका तयार गरिने छ ।

को हुनेछन् सहभागि ?

विशेषतः अधिकारकर्मीहरू, लोकतान्त्रिक गणतान्त्रिक नेपाल निर्माणका लागि संघर्ष गरेका विभिन्न आन्दोलनका प्रतिनिधिहरू र भर्खरै निर्वाचित भई राजनैतिक संरचनाका जिम्मेवार तहमा पुगेका महिलाहरू जसले आफ्नो काममा, अभियानमा नव उदारवादी आर्थिक नीतिलाई आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण गर्ने, पूँजीवादी पितृसत्ता र यसले महिलाको जीवनमा परेको असरहरूका बारेमा बिगतदेखि आफ्ना अनुभव राख्ने गरेका, सामन्तवादी संरचनाबाट पीडित र प्रभावितको न्यायका लागि संघर्षरत महिला मानव अधिकार रक्षकहरू भेला यो कार्यक्रममा सहभागि हुनेछन् ।
फागुन २४ गतेसम्म सातै प्रदेशमा आयोजना हुने मञ्च कार्यक्रम तीन दिनसम्म चल्नेछन् ।

मञ्चको उद्देश्यः

प्रदेश भित्रका गाउँपालिका र नगरपालिकामा निर्वाचित भएका महिला जन–प्रतिनिधीहरू र महिला मानवअधिकार रक्षकहरूको बीचमा कार्यगत एकता विकास गर्न सहयोगी वातावरण सिर्जना गर्ने,

नव–निर्वाचित महिला जनप्रतिनिधीहरू, महिलाका क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीहरूबीच विश्वको अर्थ राजनीतिले कसरी हाम्रो राष्ट्रिय नीति, सामुदायिक विकास जस्ता मुद्दाहरूमा परिरहेको प्रभावका बारेमा स्पष्टताका साथ दिगो विकास लक्ष्य पुरा गर्न अपनाउनु पर्ने सिद्धान्त र रणनीतिक दिशामा स्पष्टता ल्याउने र

महिला मैत्री (सामाजिक न्यायमा आधारित, विभेद रहित) समाज निर्माण गर्न प्रदेशमा रहेका स्थानीय तह र राष्ट्रिय तहबाट नगरी नहुने सवालहरूको पहिचान गरी कार्यान्वनका लागि साझा धारणाका साथ कार्ययोजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको हो ।

कहाँ-कहाँ हुँदैछ मञ्च ?

प्रदेश नम्बर १. विराटनगर “महिलाको काम, मूल्यसहितको काम, मर्यादित काम”
प्रदेश नम्बर २. लाहान “लोकतन्त्र र मानव अधिकारका चुनौती, परम्परामा आधारित हिंसा”
प्रदेश नम्बर ३. काठमाडौँ “भूकम्प पछि महिला मैत्री पुन निर्माण”
प्रदेश नम्बर ४. पोखरा “सुरक्षित रोजगारका साथ पुनर्निर्माण”
प्रदेश नम्बर ५. दाङ “संक्रमणकालीन न्याय र अबको बाटो”
प्रदेश नम्बर ६. सुर्खेत “महिलाको प्रजनन तथा यौन स्वास्थ्यको अधिकारः प्रदेस विकासको मूल आधार”
प्रदेश नम्बर ७. धनगढी “लैंगिक समानता र आत्म सम्मानः प्रदेशको अभिमान”

कार्यक्रममा स्व हेरचाह, विशेषगरी प्रजनन, यौन स्वास्थ्य अधिकार सम्बन्धी प्रदर्शनी, महिला आन्दोलनको झलक देखाउने खाले वृत चित्र प्रदर्शनी, बृहत साँस्कृतिक कार्यक्रम, चित्र कला प्रतियोगिता, परिवर्तनशील महिलाहरूको जीवन कथा दस्ताबेजीकरण (छायांकन) सम्बन्धि गतिविधि हुने सञ्जालका सचिवालय संयोजक नारायणी देवकोटाले महिला खबरलाई जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: