सहमतिमै टुंग्याइयो बोक्सी आरोपको घटना


प्रकाशित मिति :2018-01-17 14:37:56

–महिला खबर–

काठमाडौं । रौतहटको राजपुर नगरपालिका–३ बलुवाकी स्थानीय जैतुन नेसालाई बोक्सीको आरोपमा कुटपिट गरेको घटना सहमतिमै टुंग्याइएको छ ।

जैतुन गत पुस ९ गते बोक्सी आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूबाट कुटिएकी थिइन् । कुटपिटपछि घटना बाहिर आएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी नेसाको जिल्ला अस्पताल गौरमा उपचार भएको थियो ।

घटना बाहिर आएसँगै राजपुर इलाका प्रहरी कार्यालयले दुवै पक्षलाई बोलाएर सोधपुछ गरेको थियो । राजपुरका प्रहरी नायव निरीक्षक (सइ) उमा शंकर विष्टले दुवै पक्षबिच सहमति भएको बताए । उनले भने, ‘घटनापछि इलाका प्रहरीले दुवै पक्षलाई डाकेको थियो । तर घटना सामान्य भएको भन्दै सहमति भएको बताए ।’

कुटपिटबाट नेसाको पिठ्यूभरी नीलडाम र टाउकामा गम्भीर चोट लागेको थियो । घाइतेका श्रीमान् शेख रइद्दिनले छिमेकी नेसाकी बुहारी र मोहिवकी छोरी केही समयदेखि बिरामी रहँदै आएको र उनीहरूलाई गाउँकै झाँक्री बताउने शेख मजारुले जैतुनले जादुटुना गरी भूतप्रेत लगाएको भन्दै कुटपिट गरेको बताएका थिए ।

कुटपिटपछि उनीहरूले आफ्नी श्रीमतीलाई मलमूत्र समेत खुवाउन खोज्दा गाउँका अन्य व्यक्ति आएपछि भागेको समेत बताएका थिए ।

यो पनि हेर्नुहोस्

बोक्सीको आरोपमा कुटिइन् महिला

hilakhabar.com/news/2017/12/26/35626.html

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: