हङकङ सरकारको महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त


प्रकाशित मिति :2018-01-17 15:16:30

हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छन् ।

हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङले गुरुङलाई आज (सोमबार) महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । २१ सदस्यी महिला आयोगमा अरुणा एक्ली विदेशी नागरिक हुन् । नेपाल सरकारले हङकङको महिला आयोगमा नेपाली चेलीको नियुक्तीलाई उच्च सम्मानको रुपमा लिएको छ ।

उनी २००६ देखि २०१२ सम्म हङकङ सरकारकै जातिय सद्भाव प्रवद्धन समितिको पनि सदस्य थिईन । २०१२ मा हङकङ सरकार प्रमुख ल्योङबाट ‘चिफ एक्जुकेटिभ कमेन्डेशन अवर्ड’बाट सम्मानित भएकी थिईन । यो अवार्ड हङकङ सरकारले दिने उच्च सम्मान हो । उनले हङकङमा बसेर त्यहाँको सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै उक्त सम्मान पाएकी हुन् ।

झण्डै तीन दशदेखि हङकङ बस्दै आएकी करुणा क्याथिया ड्रागन एयरलाईन्स कि ‘इन फ्लाईट सर्भिस म्यानेजर’ पनि हुन् । उनी हङकङबाट प्रकाशित हुने ‘नेपाल पोष्ट ओभरर्सिज’ पत्रिकाकी प्रकाशक पनि छन् ।

हङकङको गोरखा हाईस्कुलमा अध्ययन गरेकी अरुणाले त्यसपछि पोखराको पृथ्वी नारायण र काठमाडौंको पद्म कन्य क्याम्पसबाट स्नातक अध्ययन गरेकी छन् । खेलुकदमा पनि रुची राख्ने उनले विरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा पाँच हजार मिटर दौडमा कास्य पदक समेत जितेकी थिईन ।

साभार : डिजिटल दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: