तीन नम्बर प्रदेश प्रमुखमा अनुराधा कोइराला


प्रकाशित मिति :2018-01-18 10:48:53

–महिला खबर–

काठमाडौं । सरकारले प्रदेश नम्बर तीनको प्रमुखमा माइती नेपालका अध्यक्ष एवं समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गरेको छ ।

सरकारले कोइरालासँगै बुधबार सात वटै प्रदेशका प्रमुख नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख नियुक्त गरेको हो ।

कोइरालाले माइती नेपाल मार्फत बेचिएकी चेलीको उद्दार गर्दै उनीहरुलाई सहयोग गर्दै आएकी छन् । उनी मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको केही दिन अघि मात्रै कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

प्रदेश प्रमुखमा कांग्रेस, राजपा र समाजवादी फोरमले भागबन्डा गरेका छन् । प्रदेश एकमा गोविन्द सुब्बा, दुईमा रत्नेश्वरलाल कायस्थ, तीनमा अनुराधा कोइराला, चारमा बाबुराम कुँवर, पाँचमा उमाकान्त झा, छ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रमुखमा नियुक्त भएका छन् ।

सरकारले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरि अस्थायी मुकाम तोकेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: