महिला डबल लिग भलिबल च्याम्पियनसिप आजदेखि


प्रकाशित मिति :2018-01-18 16:25:00

–महिला खबर–

काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको छ । १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं र मोफसलका गरि १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताए ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यू डायमन्ड एकेडेमी, काठमाडौंको पारामाउन्ट हाइस्कुल, न्यु डायमन्ड स्पोर्टस क्लब, श्री गाउँ स्पोर्टस् विकास समिति, पोखरा टप्स हाइस्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, मेघौली स्पोर्टस् फाउन्डेसन र थ्रीस्टार एकेडेमीको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले तीन लाख २५ हजार रुपैयाँ तथा उपविजेताले एक लाख ७० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा तेस्रो हुनेले ८० हजार रुपैयाँ, चौथोले ५० हजार रुपैयाँ, पाँचौँले ४० हजार रुपैयाँ, छैटौँले ३० हजार र सातौँ स्थान हुनेलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।यस्तै बेष्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, क्वीकर र कोचले जनही रु पाँच हजार प्राप्त गर्नेछन् ।

त्यस्तै बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज घोषित हुने खेलाडीले एक-एक थान स्कुटर प्राप्त गर्नेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: