निमोनियाले एउटै टोलका तिन बालबालिकाको मृत्यु


प्रकाशित मिति :2018-01-19 11:46:45

–महिला खबर–

कालिकोट । एक हप्तामा खाँडाचक्र नगरपालिका वडा नं ४ ताडीको एउटै टोलका तिन जना बालबालिकाले ज्यान गएको छ । कडा खालको निमोनिया, भाईरल ज्वरो र रुघाखोकीको कारण तिन जना बालबालिकाको ज्यान गएको हो ।

दिउसोको समयमा घरबाहिर घाम लाग्ने ठाउँमा आराम गरिरहेका बिरामीहरु । तस्वीरः रमेश रावल

कडा खालको निमोनिया, भाईरल ज्वरो र रुघाखोकीका कारण खाँडाचक्र नगरपालिका वडा नं ४ ताडीमा दक्त बि.क.का ९ महिना छोरा लक्ष्मण बि.क., गोवि बि.क १६ दिनका छोरा र बाँचे बि.क.की १ महिनाकी नातिनी रश्मी बि.क.को मृत्यु भएको हो ।

गोवि बि.क.को छोरालाई उपचारका लागि नेपालगंज लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको हो भने लक्ष्मण बि.क.को जिल्ला अस्पताल कालिकोटमा उपचारका क्रममा मंगलबार राती मृत्य भएको मृतकका बुवा दत्त बि.क.ले बताए ।

जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलिका अनुसार जाडोका कारणले बालबालिकाहरूमा निमोनिया, भाइरल ज्वरोको प्रकोप बढ्ने क्रम छ । जाडो मौसममा बालबालिकालाई निमोनिया ज्वरोले छिटो छुने हुँदा बालबालिकालाई जति सकिन्छ न्यानो गरि राख्नुपर्ने हुन्छ ।

समयमै स्वास्थ्य उपचार पाउन नसकेको खण्डमा यो समस्याले झन बिकराल रुप लिने देखिएको वडा अध्यक्ष दानसिंह बि.क.ले बताए । उनले यस सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई जानकारी गराईसकेको पनि बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: