जेलबाट छुटेपछि मसाज


प्रकाशित मिति :2018-01-21 10:58:55

थाइल्याण्डको चियाङमाइस्थित लिला थाइ मसाज सेन्टरमा जेल सजाय पूरा गरि निस्केका महिलाले तपाईको शरीरमा मसाज गरिदिन सक्छ । नवाराट थाना श्रीसुदारात त्यस्तो महिला हुन् जसले जेल सजाय भोगेर बाहिरा निस्कने महिलाहरुको रोजगारीलाई मध्यनजर राखी मसाज सेन्टर खोलिन र त्यहाँ अहिले जेल सजाय भोगेर बाहिरा निस्केका धेरै महिलाले काम पाएका छन् ।

पोर्नथिवा श्रीसुवान लागूपदार्थको अवैध कारोवार गरेको अभियोगमा दोषी पाइएपछि जेल परिन्। उनी निकै निराश थिइन्, तर उनले गर्न सक्ने केही थिएन।

जेलबाट छुटेपछि उनीसंग पैसा थिएन, न त कतै काम पाइन्थ्यो। त्यसैबेला उनको नवाराट थाना श्रीसुदारातसंग भेट भयो।

नवाराटले भनिन्–‘जेलबाट निस्केका धेरै महिलाहरुले बाहिरा आएपछि काम पाउन निकै गाह्रो हुने मलाई बताए । त्यसपछि मैले लिला थाइ मसाज सेन्टर खोल्ने निर्णय गरे ।’ नवाराटले खोलेको लीला थाइ मसाजमा अहिले जेल सजाय पूरा गरि बाहिर निस्केका कैयौं महिलाहरुले काम गरिरहेका छन्। उनीहरुले नयाँ जीवन पनि पाएका छन्।

‘शुरुमा त कोही पनि गाहक आएनन् । किनभने उनीहरु त्यहाँ जान डराउँथे । तर पछि आफैले मसाज गरेपछि भने उनीहरुको सोचाई बदलियो । लागू पदार्थको अवैध कारोबार गरि जेल जिवन विताएका महिलाले पनि नयाँ जिवन पाएका छन् ।’ नवाराटले भनिन् ।

‘म ३/४ महिनाकी गर्भवती थिए । म स्तव्ध भए । के गर्ने नगर्ने मैले केही मेसो पाउन सकिन । जेलभित्र पहिलो दिन अझै सम्झन्छु, म निकै रोएकी थिएँ, म साँच्चिकै निरााश थिए । म केही गर्न सक्ने थिएन । जेलबाट निस्केपछि मसगँ कतिपनि पैसा थिएन । त्यसबेला नवाराटले मलाई मदत गरिन् । अहिले म विश्वस्त छु, अब त्यस्तो अपराध म कहिल्यै गर्ने छैन । अहिले म आफ्नो जीवन धान्ने पैसा कमाईरहेकी छु । नवाराटले मद्धत नगरेको भए, मेरो जीवन कस्तो हुनेथियो म भन्न सकिदन ।

साभार:  बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: