साहसिक महिलाको सम्मान


प्रकाशित मिति :2018-01-21 13:13:22

–महिला खबर–

कपिलवस्तु । आफ्नो अस्मिता जोगाउन साहसिक काम गरेकी बुद्धभूमी नगरपालिका– १० की उर्मिला कुँवरलाई सम्मान गरिएको छ । तर उर्मिला भौतिक रुपमा कारागारमा रहेका कारण उनको सम्मान उनकी आमा भुन्टीलाई प्रदान गरिएको छ । तौलिहवाको महितास्थित महालक्ष्मी महिला समूहले दोसल्ला ओढाई भुन्टीलाई सम्मान गरे ।

गएको कार्तिक १८ गते पुर्णिमा मेलाका दिन चेत्रादेई नजिकै उर्मिला कुँवरलाई जबरजस्ती करणीको प्रयास गर्ने क्रममा प्रतिकार गर्दा पर्सोहियाका रमेश ढाडीको मृत्यु भएको थियो । तर प्रहरीले उर्मिलामाथी कर्तव्य ज्यान सम्बन्धि मुद्दा लगाएपछि अदालतले उनलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको थियो । अहिले कुवँर कपिलवस्तु कारागारमा छन् ।

‘साहसिक काम गरकी उर्मिलालाई सम्मान गर्न चाहेका थियौं । तर कानुनी अड्चनले गर्दा उनकी आमा भुन्टीलाई सम्मान गरेका हौ’ समूहकी बिजयलक्ष्मी सिंहले भनिन् ।

उर्मिला निर्दोष रहेको र उनले आफूलाई बलात्कार हुनबाट जोगाउने क्रममा प्रतिकार गर्दा ढाडीको ज्यान गएकोले उनलाई रिहा गर्नुपर्ने माग अधिकारकर्मीहरूको छ ।

उर्मिलाकी आमा भुन्टीले आफ्नो छोरीलाई रिहा गराउन सहयोग गरिदिन अपिल गरिन् ।

कपिलवस्तु बहुमुखी क्याम्पस प्लसटुमा अध्ययनरत उर्मिला जेल चलान भएपछि मानसिक रुपमा समेत बिक्षिप्त बनेकी छन् । आफ्नी छोरी बोल्न पनि छाडेको र एकोहोरो टोलाई रहने उनकी आमा भुन्टले बताईन् । ‘मेरी छोरीको के गल्ती थियो र ? आफ्नो इज्जत जोगाउने क्रममा प्रतिकार गरिन् । तर त्यही कारण नै उनी जेल परिन्’ गहभरी आँसु बनाउँदै उनले भनिन् ।

जिल्ला अदालतले गरेको आदेश बिरुद्ध पुनरावेदन अदालतमा रिट समेत परेको छ । रिटको पहिलो सुनुवाइमा पुनरावेदन अदालतले सक्कल कागजहरू बुझाउन आदेश गरेको उर्मिला पक्षका कानुन व्यवसायी प्रभु मिश्राले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: