श्रीमतीको उपचारमा सहयोगको याचना


प्रकाशित मिति :2018-01-21 14:57:44

–महिला खबर–

दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ का यज्ञबहादुर कार्की अहिले श्रीमतीको फोटो र वडापालिकाले दिएको सिफारिस बोकेर सहयोगको याचनासहित बजारमा डुलिरहेका छन् ।

‘चार महिनादेखि दुवै मृगौला बिग्रीएर ६१ वर्षीया श्रीमती मैया कार्की थला परेकी छन्, उपचार गर्न आर्थिक अवस्था कम्जोर भएकोले सहयोगको याचना गर्दै हिँडेको छु’ यज्ञबहादुरले भने ।

उनलाई श्रीमतीको उपचारको लागि कति पैसा खर्च लाग्छ भन्ने जानकारी पनि छैन । छोराले आमाको उपचारको लागि धेरै पैसा लाग्ने भयो भनेकाले सहयोगीको खोजिमा वडापालिकाले बनाइदिएको सिफारिस बोकेर पसल–पसल धाईरहेको कार्कीको भनाइ छ ।

मृगौलामा समस्या देखिएपछि उपचारको लागि काठमाडौँस्थित वीर अस्पताल लगेको तर धेरै पैसा लाग्ने भएकोले थप उपचार गराउँन नसकि अहिले श्रीमतीलाई घरमै ल्याएको कार्कीले बताए ।

विगतमा तरकारी खेती गरेर गुजारा चलाएको बताउँने यज्ञबहादुर अहिले बुढेसकाल लागेकोले खेतीपाति गर्न सक्दैनन् । दुई भाई छोराको पनि राम्रो कमाई नभएकोले उनीहरू आफैलाई पालिन कठिन रहेको दुखेसो गर्छन् ।

श्रीमती बिरामी भएपछि पुरै घर लथालिङ्ग बनेकोले थप पीडा भएको उनले बताए । ‘श्रीमती बिरामी छिन् । म उपचार खर्च खोज्दै बाहिर–बाहिर हिँडेको छु’ कार्कीले भने । घरमा बिरामी श्रीमती छोडेर खर्च जुटाउँन हिँड्दा मन पोलिरहन्छ, कतिबेला श्रीमतीलाई के हुने हो सोचेर । कुनै दाताले श्रीमतीको उपचारमा सहयोग गरिदिएको भए फेरि खेतीपातिमा फर्कन सकिने आशमा रहेको यज्ञबहादुरले सुनाए ।
तस्विरः बिरामी श्रीमती र वडापालिकाको सिफारिस सहित यज्ञबहादुर

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: