सगरमाथाको चुचुरोबाट विश्वलाई सुनाउनेछु ‘बुद्ध वाज वर्न इन नेपाल’


प्रकाशित मिति :2018-01-22 11:30:39

–महिला खबर–

काठमाडौं । नेपाललाई विश्वमा चिनाउन दोलखाको गौरीशंकर ९ सिमिगाउँकी छोकी शेर्पा सगरमाथा आरोहणको तयारीमा लागेकी छन् ।

सर्वोच्च शिखरबाट संसारलाई महान सन्देश सुनाउने उद्देश्यका साथ सगरमाथा चढ्ने तयारीमा लागेको उनले बताइन् । ‘बुद्ध वाज वर्न इन नेपाल’ भन्ने मूल नाराकासाथ आगामी चैत २७ गते राजधानीबाट सगरमाथाको यात्रामा लाग्ने तामाङले बताएकी छन् ।

तामाङ रोजगारीको क्रममा चार वर्ष दक्षिण कोरिया बसेर फर्किएकी हुन् । त्यहाँ रहँदा बुद्ध भारतमा जन्मेको भ्रामक सूचनाहरू सुन्दा मनदेखि नै दुःख लागेकाले बुद्ध नेपालमै जन्मेको सन्देश विश्वको सर्वोच्च शिखरबाट विश्वलाई सुनाउने प्रणका साथ आरोहण गर्न लागेको उनको भनाइ छ ।

उनले भनिन्, ‘शिखरमा पुगेपछि बुद्ध वाज वर्न इन नेपाल’ लेखिएको झण्डा फहराउनुका साथै गायक धिरज राइले गाएको ‘बुद्ध वाज वर्ण इन नेपाल’ भन्ने बोलको गीत एक मिनेट बजाउँनेछु ।’

प्रवासमा पुगेर हिंसामा पर्ने नेपाली दिदीबहिनीहरूलाई आफ्नै देश फर्किएर देशको पर्यटन विकास र रोजगारी सिर्जना गर्ने अभियानमा जुट्न समेत उनले आग्रह गरेकी छन् ।

यस्तै आरोहणको क्रममा छोकीसँग काभ्रेकी शर्मिला तामाङ पनि रहनेछिन् । यस्तै आरोहणका लागि पाएनियर एड्भेन्चर प्रालि कम्पनीले ब्रान्ड स्पोन्सर गर्ने समेत उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: