‘विकासमा पत्रकार महिलाको भूमिका महत्वपूर्ण’


प्रकाशित मिति :2018-01-22 11:39:00

–महिला खबर–

काठमाडौं– राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हकका विषयमा आम नागरिकलाई जनचेतना जगाउँन आवश्यक रहेको बताएकी छन् ।

नेपाल पत्रकार महासंघले ‘सूचनाको हकमा महिला पत्रकारहरूको पहुँच एंव सगरमाथा आरोहण’ विषयक अन्तक्र्रिया कार्यक्रममा तिम्सिनाले समुन्नत देश विकासका लागि हरेक नागरिकले सार्वजनिक सरोकारका विषयहरूमा जानकारी राख्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा तिम्सिनाले सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरूलाई पूर्ण सफलताको कामना गर्दै सूचनाको हक पत्रकारहरूका निम्ती मात्रै नभई सार्वसाधारणका लागि समेत आवश्यकत रहेको बताइन् ।

आमसञ्चार नीति २०७३, उच्चस्तरिय कार्यान्वयन समितिका सदस्य बबिता बस्नेतले सगरमाथा आरोहण गर्ने पत्रकारहरूलाई सफलताको शुभकामना दिइन् । समाज विकासमा पत्रकार महिलाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि क्रियाशील रहन समेत आग्रह गरिन् ।

महासंघका उपाध्यक्ष दिलिप थापामगरले सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरूलाई शुभकामना दिदँै पत्रकारहरूको यस कदमले आरोहणको विषयमा सञ्चार जगतमा राम्रो स्थान पाउन सक्ने बताए ।

महासंघका महासचिव रमेश विष्टले महासंघले यस अभियानलाई समर्थन गर्ने भन्दै त्यसका लागि आवश्यक सहयोग गर्ने बताए । महासंघका निवर्तमान उपाध्यक्ष अनिता बिन्दुले व्यवहारमा सूचनाको हकको कानून पत्रकारहरूका निम्ती मात्रै देखिएको भएतापनि यसलाई आम नागरिकको अधिकारका रुपमा व्यवहारमा उतार्नुपर्ने धारणा राखिन् ।

नेपाल पत्रकार महासंघ महिला विभाग संयोजक लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा सगरमाथा आरोहण गर्ने ७ जना महिला पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव महेश्वरी विष्ट, सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव संगिता ओझा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टिका विष्ट, नेपाल प्रेस यूनियनका केन्द्रीय उपमहासचिव सलोजा दाहालले आरोहण गर्ने पत्रकारहरूलाई शुभकामना दिएका थिए ।

यस सिजनको लागि देउराली चाम्लिङ, रोसा बस्नेत, प्रिया लक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ, डोमा शेर्पाले सगरमाथा आरोहण गर्न लागेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: