आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन माग


प्रकाशित मिति :2018-01-22 12:24:14

-टेकेन्द्र देउवा-

धनगढी । नेपाली कांग्रेसबाट प्रदेशसभामा रहेका महिला सांसदहरूले नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने माग राखेका छन् ।

प्रदेश नं ७ का महिला सांसदहरूले आज सोमवार विज्ञप्ती मार्फत नेपाली कांग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसँग अनुरोध गरेका हुन् । प्रदेश नं ७ बाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून हुने भन्दै यस्तो आग्रह गरिएको प्रदेश सांसद दिव्यश्वरी शाहले बताईन् । ‘डा. आरजुको प्रतिनिधीत्व भएमा यस प्रदेशका महिलाको आवाज केन्द्रमा मुखरित गराउन सजिलो हुन्छ’ सांसद शाहले भनिन्, ‘जसले महिलाका संवैधानिक हक अधिकार स्थापित गर्न पनि सजिलो हुनेछ ।’

प्रदेश नं ७ बाट प्रतिनिधीत्व गर्ने महिला सांसदहरूको मागमा आफूहरूको समेत समर्थन रहेको नेपाली कांग्रेस डडेलधुराका सभापती तथा नेपाली कांग्रेस प्रदेशसभा सांसद कर्ण बहादुर मल्लले बताए । उनले भने, ‘उहाँ अहिले यस क्षेत्रका लागि आवश्यकता हो ।’ सांसद मल्लले प्रदेश नं ७ का नेपाली कांग्रेस सबै जिल्ला सभापतीहरूको यो मागमा समर्थन रहेको पनि बताए ।

नेपाली कांग्रेसबाट प्रदेश सांसद दिव्यश्वरी शाह, उमादेबी वादी, नन्दा बम र अम्वीका कुमारी थापाको माग पत्रमा हस्ताक्षर गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: