सन् २०१७ का चर्चित अफ्रिकन महिलाहरु


प्रकाशित मिति :2018-01-22 13:56:56

 

 

उपसेनानी थोकोजील मुवाम्बा जाम्बियाकी पहिलो लडाकु बिमान चालक महिला हुन् । ‘साँच्चिकै भन्दा मलाई यो काम गर्दा म महिला हुँ भनेर कहिल्यै महसुस हुंँदैन । आखिर वायुयानले कुन लिंग हो भनेर चिन्दैन,’ उनी थप्छिन्, ‘मेरो लक्ष्य जाम्बियाको पहिलो महिला हवाई सेना कमान्डर बन्नु हो ।’

सालीमता दियाबाते समुदायका महिलाहरु संगीत बजाउदैनन् । तर बुर्किना फासोकी संगीतकार जवान महिलाहरुलाई परम्परागत बाध्ययन्त्रहरु बजाउन सहयोग गर्न चाहन्छिन । उनी भन्छिन्– ‘त्यस्तो कुनै काम छैन जुन महिला अथवा पुरुषकै लागी भनेर छुट्याउन सकियोस, यदि कठिन छ भने पनि त्यो जो कसैले सिक्न सक्छ ।’

यि तीन महिलाहरु त्यहाँ जांदैछन् जहाँ यस अघि अफ्रिकाका कुनै खेलाडी पुगेका छैनन् । सन् २०१८ मा दक्षिण कोरियामा हुने ओलम्पिक खेलका लागी नाइजेरियाको वव्सेल्लेग टिम छनोटका लागी तयार भएका छन् । हामी त्यस्तो समुदायका हौ जहाँ १२८–१४४ कि मी प्रतिघण्टा हिउमा चिप्लेटी खेल्ने कल्पना पनि गरिन्थेन । यसका लागी मानिसहरु त्यहाँ जाने सोच्नु नै मेरो बिचारमा आफैमा सशक्तीकरण हो ।

तपाई माटाटट चित्रकारी गर्नु पुरुषको खेल हो भनेर सोच्नुहुन्छ भने, फेरी सोच्नुहोस । तराह र्आट भन्छिन केन्याको राजधानी नैरोबीमा ‘पिम्प्ड अप मिनीभ्यानस्’ तयार गर्ने उनी एक मात्र महिला हुन् । तिमी यो गर्न सक्दिनौ भनेर मानिसहरुले तपाँई प्रति विभेद गरेको भेट्नुहुन्छ । पहिले तिनीहरु भन्थे की ‘यो काम पुरुषहरुको लागी हो तिमी सक्दिनौ ।’ तर मेरी आमा भन्ने गर्नुहुन्थ्यो ‘यदि तिमीलाई आफूमा बिश्वास छ भने तिमी गर्न सक्छ्यौ ।’

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: