-महिला खबर-
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–८ फोर्सपार्क बस्ने २१ वर्षीय लेकलाल तामाङलाई पक्राउ गरिएको हो । तामाङले रामेछापको फुलासी पोखरी घर भई काठमाडौं महानगरपालिका–७ बस्ने १३ वर्षीया बालिकालाई आइतबार उनकै कोठामा जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Comment Here!