तामिल नाडुकी युवती श्रीमानकाे हत्या विरुद्ध परिवारसँग लड्दै


प्रकाशित मिति :2018-01-30 12:51:26

सन् २०१६ को मार्चमा दक्षिण भारतमा माथिल्लो जातकी महिलासँग बिहे गरेको कारण एक २२ वर्षिय युवाको सडकको भीडमा दिउँसै हत्या भयो । सो आक्रमणमा उनकी श्रीमती बाँच्न सफल भईन् र आफ्ना श्रीमानकाे हत्याको घटनामा बाबु–आमा विरुद्ध साक्षी बसिन् र जातका कारण हुने सजायको विरुद्ध अभियान चलाईन् ।

आफ्नो जीवनको अन्तिम दिन शंकर र उनकी श्रीमती कौशल्या गाँउको झुपडीमा बिहान नौ बजे उठे । तिनीहरुको बिहे भएको आठ महिना भएको थियो ।

आइतवारको दिन थियो उनीहरु सार्वजनिक बस चढेर उदुमाल्पेतमा पर्ने बजार गए । उनीहरु शंकरको लागि नयाँ कपडा किन्न चाहन्थे । अर्को दिन शंकरलाई कलेजमा हुन लागेको कार्यक्रममा सहभागी हुनु पर्ने थियो । उनीहरु कपडा पसलमा कमिज किनेर घर फर्किन बसका लागि सडक छेउको भीड छिचोल्दै अगाडि बढे ।

सिसिटिभी क्यामेरामा कैद दृश्यले उनीहरु छिटो–छिटो सडकतिर जाँदै गरेको देखायो । तर उनीहरुले बाटो काट्नु अगावै पाँच जना मानिसहरु दुई वटा मोटरसाईकलहरुमा आएर उनीहरुको पछाडि रोकिए । चार जना मानिसहरु त्यो जोडीको पछि–पछि लागे र लामो छुराले उनीहरुलाई आक्रमण गरे । त्यो घटना त्रासदीपूर्ण थियो ।

त्यो जोडी रगतताम्य भयो । उनीहरु टाढा भाग्न खोजे तर आक्रमणकारीले फेरि लडाए । यो सबै ३६ सेकेन्डभित्र भयो । जब भीड जम्मा हुन थाल्यो आक्रमणकारीहरु मोटरसाइकल चढेर फरार भए । एउटा एम्वुलेन्स आयो र दम्पतीलाई रगतको आहालबाट निकाल्यो र ६० कि मी टाढाको हस्पिटल लिएर गयो ।

गहिरो चोट र अत्याधिक रक्तश्रावका कारण शंकरको मृत्यु भएको थियो । कौशल्याको उपचारको क्रममा २० दिन अस्पताल बसिन् । अस्पतालको शैयाबाट उनले प्रहरीलाई भनिन् उक्त आक्रमणको जिम्मेवार उनका बुवा र आमा थिए ।

शंकर र कौशल्याले ‘प्रेमको नियम’ तोडेका थिए । शंकर दलित भूमिहीन ज्यालादारी किसानका छोरा थिए । उनी कुमारालिंगम गाँउमा एक कोठाको झुपडीमा परिवारका अरु चार सदस्यहरुसँगै बस्थे । कौशल्या तुलनात्माक रुपमा सम्पन्न थेवर जातकी थिईन् । उनको बुवाले पैसा व्याजमा लगाउँथे र ट्याक्सी चलाउँथे । उनीहरु सानो शहर पालीनीमा दुई तल्ले घरमा बस्थे ।

कौशल्या विमान परिचारीका बन्न चाहन्थिन् । छोटा कपडा लगाउनुपर्छ भनेर उनका अविभावकले यो कुरा अश्विकार गरे । विद्यालय तह पूरा गरेपछि परिवारले उनको बिहे गरिदिन चाहन्थे। जब उनले विरोध गरिन् उनलाई एक निजी कलेजमा कम्प्युटर विज्ञान र इन्जिनियरिङ् पढ्न पठाइयो ।

उनी कलेजलाई घृणा गर्थिन् । “त्यहाँ धेरै कुरामा रोक लगाइन्थ्यो । कलेजबाट बाहिर जान सक्दैनथ्यांै, केटाहरुसँग बोल्न रोक लगाइएको थियो। कक्षाकोठा र गाडीमा महिला तथा पुरुष छुट्टा–छुट्टै बस्थे । सुरक्षागार्डले कोही पुरुषसँग कुरा गरेको देख्यो भने हाम्रो अविभावकलाई खबर गरिदिन्थे। उ धेरै दमनकारी थियो,” उनले भनिन् ।

तर प्रेम असमान ठाँउमा पनि हुन सक्छ । कलेजको कार्यक्रममा एक इन्जिनियर विद्यार्थीले कौशल्याको नजिकै आएर आफूलाई शंकर भनेर परिचय गराए र सोधे, “के तिमी कसैसँग प्रेममा छौ?”

विस्तारै उनी शंकरप्रति आकर्षित हँुंदै गईन् । शंकरले उनलाई प्रेम गर्छु भनेर भन्न छोडेका थिए । “त्यसैले हामी ‘आदरपूर्ण साथी ’जस्ता भयौं । मैले पनि उसलाई प्रेम गर्छु भनीन । समयक्रममा यो आफै भयो । ’

सन् २०१५को एक दिन बसको खलासीले उनीहरु कुरा गरिरहेको देख्यो । उसले कौशल्या कहाँ बस्छिन् भन्ने पत्ता लगायो र उनकी आमालाइ उनीहरुको बारेमा खबर ग¥यो । त्यही साँझ उनका अविभावकले उनको मोवाइल खोसे । शंकरलाई बोलाए र कौशल्यादेखि टाढा बस्न चेतावनी दिए । उनीहरुले भनेकी शंकरले ‘उनलाई गर्भवती बनाएर छाडिदिन्छ ।’ अर्को दिन उनीहरुले उनलाई कलेजबाटै निकाले ।’

“यदि तिमीलाई त्यस्तो लाग्छ भने अहिल्यै भागाै र बिहे गरौं,” शंकरले भने ।

अर्को दिन १२ जुलाई २०१५ मा उनीहरु मन्दिरमा गएर बिहे गरे । त्यसपछि उनीहरु स्थानीय प्रहरी कार्यालयमा गए र उनीहरुको अन्तरजातिय विवाहको बारेमा बताए र सुरक्षा खोजे । तामिल नाडुमा दलित र आदिबासी मानिसहरुले जातिय कुरितिको आक्रमण सहेका छन्। त्यो एक वर्षमा मात्रै उनीहरु विरुद्ध १,७०० भन्दा बढी अपराधका घटनाहरु भएका थिए ।

कौशल्याले भनिन् अर्को आठ महिना उनको जीवनको सबैभन्दा सुखद र स्वतन्त्रताको समय थियो । उनी शंकरको झुपडीमा गईन् । कलेजबाट निकालिएपछि उनले सेल्स गर्लको रुपमा काम गरिन् जहाँ उनले महिनको पाँच हजार कमाउँथिन् ।

उनको अविभावक र नातेदारहरुले उनीहरुलाई छुटाउन धेरै प्रयाश गरे। कौशल्याले भनिन् हत्या हुनु भन्दा एक हप्ता अगाडि उनका अविभावक उनीहरुको घर आएर उनलाईसँंगै हिंड्न निर्देशन दिए। उनले अस्विकार गरिन् ।

प्रहरीलेपछि पत्ता लगायो कि उनका बाबुले उनकी छोरी ज्वार्इंलाई मार्न अपराधिक गिरोहका पाँचजना मानिसलाई ५०,००० रुपैंया दिएका थिए र अरुलाई एउटा संदेश दिन चाहन्थे की ‘जब कोही महिलाले तल्लो जातको पुरुषसँग प्रेम गर्छ त्यसको नतिजा के हुन्छ’ ।

हत्यामा १२० जना साक्षी थिए । कौशल्याले उनका अविभावकको जमानत ५८ पटकसम्म अस्विकार गरिन् । “मेरी आमाले पटक–पटक मलाई मार्ने धम्की दिइन्। उनले मलाई भनिन् उसलाई प्रेम गर्नु भन्दा म मरेको भए वेश हुन्थ्यो,” कौशल्याले न्याधिशलाई भनिन् ।

डिसेम्बर महिनामा न्यायाधिशले कौशल्याका बाबु सहित ६ जनालाई मृत्युदण्डको सजाय सुनायो । उनकी आमा र अरु दुई जनाले सफाई पाए । कौशल्याले सफाई विरुद्धअपिल गर्दै छिन। उनी विश्वास गर्छिन् उनकी आमा पनि उत्तिकै दोषि छिन् ।

शंकरको हत्यापछि उनी भाव विह्वल भईन् र आफ्नो जीवननै समाप्त गर्न चाहन्थिन् । त्यसपछि उनले आफ्नो कपाल छोटो पारिन्, कराते सिक्नशरु गरिन् र जातसम्बन्धी किताबहरु पढ्न थालिन् । उनले जातपात विरुद्धका समुहहरुसँग भेट्न शुरु गरिन् र जातिय अपराध विरुद्ध बोल्न थालिन् । उनले दलितहरुले परम्परागत रुपमा बजाउने ढोलपराइ बजाउनपनि सिकिन्।

सरकारबाट क्षतिपूर्ति स्वरुप पाएकोे रकमले उनले परिवारका लागि चार कोठे घर बनाएर शंकरको सपना पूरा गरेकी छिन् र गाँउका गरिब विद्यार्थीलाई ट्यूसन पढाउन शुरु गरिन् । परिवार चलाउन उनले सरकारी कार्यालयमा लेखनदासको जागीर गरेकी छिन् । फुर्सदको बेलामा उनी प्रेमको महत्वको बारेमा जोड दिंदै जातियता, असमानता र हत्या विरुद्ध छलफलहरुमा बोल्न तामिल नाडु क्षेत्रमा यात्रा गर्छिन् ।

साभारः–बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: