एक महिला सहित आठ साहित्यदूत घोषित


प्रकाशित मिति :2018-01-30 17:18:54

-महिला खबर –

काठमाडौं । नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरिएको छ ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले एक महिलासहित आठ जनालाई साहित्यदूत घोषणा गरेको हो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा.लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट आठ साहित्यकारलाई हिमालहरूका नाम जोडेर सम्मान घोषणा गरेको हुन् ।

यसरी घोषित हुनेमा नेपाली साहित्यदूत सगरमाथा तुलसी दिवस र नेपाली साहित्यदूत कन्चनजंघा प्रा. डा.टंकप्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्यदूत ल्होत्से मनप्रसाद सुब्बा र नेपाली साहित्यदूत भीम विरही (भारत) रहेका छन् । यस्तै नेपाली साहित्यदूत मकालु टेकनारायण रिमाल,, नेपाली साहित्यदूत मनास्लु ठाकुरप्रसाद गुरागाईं (म्यानमा), नेपाली साहित्यदूत चोयु भक्त घिमिरे (भुटान÷अमेरिका) र नेपाली साहित्यदूत धौलागिरि अन्नपूर्णलक्ष्मी राई (बेलायत) रहेका छन् । सम्मानित घोषित स्रष्टालाई ताम्रपत्रसहित सो सम्मान अर्पण गरिने बताइएको छ ।

यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्यदूत घोषणा गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: